- २१ वर्षपछिको महाधिवेशनमा पनि प्रचण्डलाई चुनौती दिन सक्ने नेता कोही भएनन् ।
- प्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ दुवै प्रचण्डसामु निरीह देखिए । अझ उनीहरूको चर्को आलोचना भयो । खास गरी भट्टराईमाथि सरकारमा बसेर पार्टी हितका लागि काम नगरेको, भ्रष्टाचारलाई प्रश्रय दिएको जस्ता आक्षेप लगाइए भने श्रेष्ठमाथि सरकारमा बसेर सरकारकै
विरोध गरेको, राष्ट्रिय स्वाधीनताका नाममा सस्तो लोकपि्रयता कमाउन खोजेको जस्ता आरोप लगाइए।
- भट्टराई र श्रेष्ठ दुवैले नेताको पनि नेता प्रचण्ड नै भएको स्वीकारे । अध्यक्षलाई प्राधिकारपूर्ण बनाएर जानुपर्छ भने ।
- महाधिवेशनमा ६३ वटा समूह बनाएर प्रतिवेदनको निचोड सुनाउनेमध्ये ५८ वटा समूहका टोली नेता प्रचण्ड पक्षधर चुनिए । तीमध्ये अधिकाशंले प्रचण्डपथ ब्यूँताउनुपर्ने माग राखे ।
- महाधिवेशनमा पार्टी फुटको प्रभाव खास देखिएन । पार्टी फुट्नुमा मोहन वैद्य पक्ष नै जिम्मेवार रहेको भन्दै प्रचण्ड हललाई 'कन्भिन्स' गर्न सफल भए ।
- प्रचण्डले आफ्नो दस्तावेजप्रति असन्तुष्टि जनाउनेलाई पनि आश्वस्त तुल्याउँदै सहमत गराए । पार्टी गलत दिशामा जाँदै छ कि भनेर उठेको आवाजलाई मत्थर पार्ने प्रयत्न गरे र थामथुम पारे । र, हिंसात्मक बाटो छाडेर समाजवादी बाटोतर्फ जाने आफ्नो दस्तावेजलाई पारित गराए ।
- आफ्ना निकटस्थ पोस्टबहादुर बोगटीलाई महासचिव बनाउन प्रचण्ड सफल भए । ९९ सदस्यीय केन्द्रीय कमिटीमा पनि ५४ जना प्रचण्ड पक्षमा खुलिसकेका छन् । जबकि, भट्टराईको पक्षमा १७ र श्रेष्ठको पक्षमा १४ जना मात्र खुलेका छन् भने बाँकी कतै पनि खुलेका छैनन् ।
-- माधव बस्नेत