CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » कन्डम र यौन सुख

कन्डम र यौन सुख


condomकाठमाडौ, माघ २७ - हामीलाई थाहा छ, कन्डमले यौन सम्पर्कबाट हुने संक्रमण रोक्ने काम गर्छ । तर पछिल्लो अध्ययनले के ठोकुवा गरेको छ भने, कन्डम उपयोगले यौन क्रिया आनन्दलाई सीमित पार्दैन । धेरैजसो व्यक्ति कन्डमले पूर्ण यौनान्द लिनबाट वञ्चित गर्ने ठान्छन् । जर्नल अफ
सेक्सुअल मेडिसनमा प्रकाशित अध्ययनमा यस्तै दाबी गरिएको छ ।
उक्त अध्ययनमा १८ वर्षदेखि ५९ वर्षसम्मका अमेरिकी पुरुष र महिलाको राष्ट्रिय अनलाइन सर्वेक्षणबाट प्राप्त तथ्यांकलाई उपयोग गरिएको छ । अमेरिकामा कन्डमको उपयोग व्यापक छ । २५ प्रतिशतभन्दा बढी पुरुष र २० प्रतिशतभन्दा बढी महिलाले यौन चाहना पूर्तिका क्रममा कन्डम उपयोगलाई प्राथमिकता दिने गरेको अध्ययनले देखाएको छ ।
यो अनुसन्धानको सबैभन्दा राम्रो पक्ष के हो भने, महिला र पुरुष दुवैले कन्डम लगाएर वा नलगाई गरिएको यौन क्रियालाई निरन्तर उत्तेजित गर्ने र उच्च आनन्ददायक बताए । जब उनीहरूले कन्डम उपयोग गरे, त्यसपछि पनि यौन आनन्दमा कुनै महत्त्वपूर्ण भिन्नता पाएनन् ।
यो अध्ययनपछि के आशा गरिएको छ भने, स्वास्थ्य कार्यकर्ताहरूले कन्डम उपयोग गर्न हिचकिचाउने महिला वा पुरुषलाई यसको फाइदा र उपयोगिताबारे बताउन सक्छन् ।
प्रकाशित मिति: २०६९ माघ २७ ०९:३५ 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis