काठमाडौं। 'जसको साथमा खोटो मोहोर, उसको मन सधैं धरमर' भन्ने नेपाली कहावत प्रधानमन्त्री डा. बाबुराम भट्टराईले 'सरकारमा नभए हेग पुर्याइसक्थे' भनेर आफैंले आफू अपराधी भएको स्वीकार गरेका छन्। उनी हत्याका आरोपी नभएका भए किन हेटौंडामा कार्यकर्तासामु सत्य ओकल्थे? यसबाट प्रमाणित भएको छ– माओवादीका प्रचण्ड, बाबुराम, अग्नि, बालकृष्ण ढुंगेललगायत सबै नेता
कुनै न कुनै
अपराधमा संलग्न हुन त्यसैले उनीहरू सरकारका
हालीमुहाली चलाएका भए पनि अन्तर्राष्ट्रिय अदालत र मानवाधिकारवादी संस्थाबाट त्रसित छन्। अपराधी भएकैले भट्टराई सर्वोच्च अदालतबाट ज्यानमारा घोषित गरेका बालकृष्ण ढुंगेल, अग्नि सापकोटा, कालीबहादुर मगर (खाम), प्रभु साहमात्र हैन अहिले आएर पत्रकार डेकेन्द्रराज थापाका हत्या स्वीकार गरिसकेका अभियुक्तहरूलाई समेत बचाउन लागिपरेका छन्। 'लहरो तान्दा पहरो गर्जन्छ' भनेजस्तै डेकेन्द्रका हत्यारा, प्रभु साह, बालकष्ण ढुंगेलहुँदै न्यायका हात आफ्नो कठालोसम्म आइपुग्छ भनी तर्सिएर बाबुरामले सत्य बोलेको स्पष्ट हुन्छ। प्रधानमन्त्रीको सर्वशक्तिमान कुर्सीमा बसेका र आफूलाई विद्धान भनी दाबी गर्ने बाबुरामलाई नेपालले रोम विधानमा हस्ताक्षर नगरेसम्म अतर्राष्ट्रिय युद्ध अपराध अदालतमा मुद्दा चलाउन सकिँदैन भन्ने ज्ञान हुनुपर्ने थियो किनभने त्यो विधानमा अहिलेसम्म हस्ताक्षर भएको छैन।
--देशान्तर