काठमाडौं। २२ वर्षअघि बनेको फिल्म देउताशबाट नायिकाको रुपमा सिर्जना बस्नेत नेपाली चलचित्रमा उत्रिएकी हुन्। यसपछि केही सिनेमा खेलेर करिब १० वर्ष उनी चलचित्र क्षेत्रबाट हराइन्। २०६० ताका फेरि चलचित्रमा फर्किएकी यी नायिका आजकल आमा तथा अभिभावकको भूमिकामा देखा पर्न थालेकी छिन्। तथापि उनी आफू अझै बूढी नभएको र चलचित्रमा नायिकाकै
भूमिकामा कार्यरत रहेको बताउँछिन्।
आमा, भाउजू, दिदीजस्ता अभिभावकको भूमिकामा उनी प्राय सिनेमामा देखिन्छिन्। तैपनि उनी आफूलाई चरित्र अभिनेत्री भन्न चाहँदिनन्। एक सञ्चार माध्यमसँग त उनले यसो पनि भनिन्, म अझै नायिकाकै भूमिकामा छु। मलाई अहिले नै चरित्र अभिनेत्रीको ट्याग भिराएको मन पर्दैन।
उमेरले ४० नाघे पनि चलचित्रमा नायिकाकै भूमिकामा देखिनु राम्रो हो। तर चलचित्रमा कुन नायिका, कुन सहनायिका, कुन चरित्र नायिका यस विषयमा भने सिर्जना बस्नेतलाई हेक्का नभएको उनको भनाइले प्रस्ट पार्छ।
आफूलाई सधंै नायिका नै देख्नु। आफूलाई सधैं तरुणी नै ठान्नु सिर्जनाको सकारात्मक विचार हो। तर के गर्ने उमेरले सधंै तरुनी रहन दिँदोरहेनछ। ४० वर्ष नाघेकी सिर्जनालाई सबैले फिल्ममा नायिकाको भूमिका दिँदा रहेनछन्। त्यसैले त उनी आफैं अहिले चलचित्र निर्माणमा जुटेकी छिन्।
यी कलाकार अहिले चलचित्र गुड लकको निर्माणमा व्यस्त छिन्। आफ्नै लगानीमा गरेको फिल्ममा उनी नायिकाकै भूमिकामा छिन्। पैसा लगाएपछि नायिका बन्नु स्वाभाविकै हो। त्यसैले पनि उनले आफू
लाई चरित्र अभिनेत्रीको ट्याग नभिराइदिन अनुरोध गरेकी होलिन्।