पूर्वराजा ज्ञानेन्द्र शाहलाई हाइसन्चो छ। ठाउँठाउँ डुलेका छन्, मान्छे भेटेका छन्। आफ्नै लयमा रमाएका छन्। अघिल्लो साता मात्र बाराको सिमरामा उनले ९० मिनेटसम्म बसेर एउटा फुटबल म्याच हेरे। खेल अवधिभर उनी पटक-पटक मुस्कुराए। यता, प्रधानन्यायाधीशको मुस्कानको अर्थ खोजिरहेका मिडियाले उता ज्ञानेन्द्रको मुस्कानमा चासो दिएनन्। तर पनि फुटबल हेर्दा ज्ञानेन्द्रले सोचे होलान्, यो फुटबल मैदानमा गुडेको बलले किपर भएको जाली चुम्दै छ तर राजनीतिक मैदानमा गुडेको बलले भने बिनाकिपरको गोलपोस्ट ताक्दै छ। अनि, ज्ञानेन्द्रको ओठमा मुस्कान ननाचे के नाच्छ त !
- नारायण अमृत, नेपाल