काठमाडौं। कान्तिपुर पब्लिकेशनबाट करीव आधा अर्ब रुपैयाँ बराबरको नगद र अचल सम्पत्ति बोकेर निस्किएका संचार तथा हवाई कम्पनी व्यवसायी रामेश्वर थापाले अन्ततः चलिरहेकै ब्रोडसिट दैनिक पत्रिका करोडौं रुपैयाँमा किन्ने भएका छन्। थापाको समूहले नयाा राष्ट्रिय दैनिक ल्याउने तयारी गरिरहेका बेला पुरानै प्रकाशनगृह किन्ने लगभग निश्चित भएको छ। पछिल्लो जानकारी अनुसार, न्यूज मिडिया प्रा.लि.
अन्तर्गत प्रकाशन भइरहेको अन्नपूर्ण पोष्ट दैनिक थापाको समूहले किन्ने प्रक्रिया लगभग
अन्तिम चरणमा पुगेको छ। यद्यपि थापाले नेपाल रिपब्लिक मिडियाबाट प्रकाशित हुने नागरिक र रिपब्लिका दैनिकको आधा शेयर किन्ने कुराकानी पनि चलिरहेकै छ। तर यसबीचमा अन्नपूर्ण पोष्ट अप्रिल १ अर्थात् चैत १९ देखि थापाको माताहतमा जानेगरी सम्झौता नै अन्तिम चरणमा पुगेको अन्नपूर्ण पोष्टका पत्रकारबीच हल्लाखल्ला चलेको छ।
थापाले अन्नपूर्ण पोष्ट लिएमा गुणराज लुईंटेल सम्पादक हुनेछन् भने अहिलेका अन्नपूर्ण पोष्टका सम्पादक जीवेन्द्र सिम्खडा घर फर्किने निश्चित छ। तर नेपाल रिपब्लिक मिडिया लिएको खण्डमा गुणराज कार्यकारी सम्पादक हुने कुरा छ। सााघुसागको टेलिफोन सम्पर्कमा थापाले अन्नपूर्ण पोष्ट किन्ने सम्झौता भइनसकेको बताए। तर अन्नपूर्णका पत्रकारहरुबीच भने अब पत्रिका अर्कै मालिकले किनिसकेकाले जागिर धरापमा परेको चर्चा चलिरहेको छ। एकजना पाका पत्रकारका अनुसार, जागिरको ठेगान नभएको भन्दै काम गर्ने उत्साह समेत पत्रकारहरुले घटाएका छन्। तर थापा निकट स्रोतले भने अन्नपूर्ण पोष्ट किनेपछि पनि सम्पादक बाहेक प्रायः सबै पत्रकार कर्मचारी यथावत रहने बताएको छ। हाल नोक्सानमा रहेको अन्नपूर्ण पोष्ट कतिमा किनबेच हुने हो भन्ने कुरा भने गोप्य नै राखिएको छ। तर दी हिमालयन टाइम्स भने आप्का हाउसले नै चलाउनेछ।
थापा समूहले नयाँ प्रेस नकिनेसम्म कमाठमाडौं र इटहरीको अन्नपूर्ण पोष्टको प्रेस नै चलाउने सहमतिका लागि कुराकानी भइरहेको छ। अन्नपूर्ण पोष्टको कार्यालय भने सिनामङ्गल गैरीगाउँस्थित रामेश्वर थापाको कर्पोरेेट टावरमा रहने बुझिएको छ। आप्का हाउसका मालिकहरुले दुवै पत्रिकाका नेतृत्व तहका व्यक्तिलाई यसबारेमा जानकारी दिइसकेको चर्चा पनि छ। अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकारहरुले अन्य प्रकाशन गृहको भन्दा राम्रो तलव सुविधा पाइरहेको भएपनि धेरैजसो पत्रकार जागिरे मानसिकताका रहेका, रासस र गोरखापत्रमा जस्तो काम गर्ने शैलीका भएको कारण केही नयाँ पत्रकार भने नेतृत्व तहमा थपिने थापा निकट स्रोतले जनाएको छ। गोरखापत्रमा जस्तो काम गर्ने शैली भएका र हा. टा.(हाजीर गरेर टाप कस्ने) प्रवृत्तिका अल्छी कामचोर पत्रकार र कर्मचारी भने रामेश्वर समूहमा रहने छैनन्। पत्रकार छाँटकाँट गर्ने र नयाँ कम्पनीको नयाँ तलवमान अब कति हुने भन्ने कुरा पत्रकारका हकमा गुणराज लुईंटेल र कर्मचारीका हकमा कम्पनीको सीइओले तय गर्ने थाहा भएको छ।
समाचार स्रोतका अनुसार, न्युज मिडिया प्रा.लि.बाट खाइपाइ आएको तलबमा निकै परिवर्तन हुने छ। र, पत्रकारहरुले पाउँदै आएको तलब सुविधामा बढोत्तरीभन्दा कटौती हुने सम्भावना बढी छ। नयाँ कम्पनीले तोकेको तलबमा असहमत हुने पत्रकार र कर्मचारीहरु कम्पनी छोडेर जान स्वतन्त्र हुनेछन्। अन्नपूर्ण पोष्ट नयाँ मालिकलाई हस्तान्तरण हुने भनिएको दिन अप्रिल फष्ट परेकाले कतै अप्रिल फूल त हुने होइन भन्ने प्रश्न पनि पत्रकारहरुबीच रहेको छ।
―रामकला बुढाथोकी - साँघु