CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » सञ्जय दत्तलाई पाँच वर्ष जेल सजाय, बलिउड (खल)नायक फेरि जेल जाने

सञ्जय दत्तलाई पाँच वर्ष जेल सजाय, बलिउड (खल)नायक फेरि जेल जाने


मुम्बई, चैत ८ (एजेन्सी) - भारतको आर्थिक नगरी मुम्बईमा सन् १९९३ मा भएको शृङ्खलावद्ध विस्फोटसम्बन्धी मुद्दामा फैसला सुनाउँदै सर्वोच्च अदालतले बलिउड नायक सञ्जय दत्तलाई जेल सजाय सुनाएको छ।
फैसला अनुसार उनले अब पाँच वर्ष जेलमा बस्नु पर्नेछ। यसअघि ६ वर्षको सजाय थियो। उनले १८ महिना र केही दिन जेलमा बिताइसकेको हुनाले अब लगभग साढे
तीन वर्ष अझै जेलमा बस्नुपर्नेछ। सर्वोच्चले उनलाई एक महिनाभित्र आत्मसमर्पण गर्न आदेश दिएको छ।
सर्वोच्चले उक्त बम कान्डका दोषी ठहर भएका याकूब मेननलाई फाँसीको सजाय सुनाएको छ। त्यसैगरी बाँकी १० जनाको सजायलाई अदालतले जन्मकैदमा परिणत गरेको छ।
 फैसला आज आउने भएपछि मुम्बईमा सुरक्षा सतर्कता बढाइएको थियो। सञ्जयले पनि आफ्ना सबै सुटिङ रद्द गर्दै घरमै बसिरहेको भारतीय मिडिया आइबीएन टिभीले जनाएको थियो।
ती विस्फोटमा २५७ जनाको मृत्यु भएको थियो भने ७१३ घाइते भएका थिए। प्रहरीले १२३ आरोपीलाई गिरफ्तार गर्दा एक जना बलिउड स्टार सञ्जय दत्त पनि थिए। प्रहरीले उनको घरबाट एके ४७ राइफल बरामद गरेको थियो।
उनीमाथि दाउद इब्राहिम र अबु सलेमको गिरोहबाट हतियार लिएको आरोप छ। उनले दाउदका भाइ अनीसलाई फोन गरी हतियार मगाएको र एउटा एके ४७ राइफल राखी बाँकी फर्काएको आरोप लगाइएको छ।
२६ अप्रिल १९९३ मा सञ्जय दत्तले प्रहरीलाई बयान दिँदै आफ्नो दोष स्वीकार गरेको बताइएको थियो। तर पछि उनले आफ्नो बयान बदले। करिब १८ महिना उनी जेलभित्र रहे। १९९५ देखि २००७ सम्म उनी जमानतमा जेल बाहिर रहे।
अक्टोबर २००७ मा आर्म्स एक्ट अन्तर्गत ६ वर्षको कैद सजाय सुनाइएपछि उनले आत्मसमर्पण गरे। तर उनी ३८ दिनमात्रै जेलमा रहे। सर्वोच्चले २७ नोभेम्बर २००७ मा उनलाई जमानतमा रिहा गरेको थियो। यही मुद्दामा अन्तिम फैसला आएपछि दोषी ठहर भएर उनले बाँकी कैद भुक्तान गर्न जेल जानु पर्ने भएको हो। - नागरिक न्युज 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis