जुन दिन मुम्बईको वांनखडे स्टेडियममा भारतीय लिटिल मास्टर सचिन तेन्दुलकरको २४ वर्षीय क्रिकेट करियरको बिदाइ भयो। त्यही दिन शनिबार दुबईको मैदानमा देशका लागि खेलेको करिब १५ वर्षपछि भर्खरै नेपाली नागरिकता पाएका शरद भेषावकरले उत्कृष्ट प्रदर्शन गरे। उनले ६ बलमा २३ रन जोडेपछि नेपालले आईसीसी ट्वान्टी-२० विश्वकप छनौटमा केन्यामाथि ६ विकेटको जित निकाल्यो। सम्भवतः यो संयोग नै होला, जति बेला भारती
य लिजेन्डबाट केही उल्लेखनीय काम भएको हुन्छ, त्यही दिन नेपालका शरदले पनि केही न केही गरेकै हुन्छन्। हुन त सचिन शरदलाई मन पर्ने खेलाडी पनि हुन्। 'मैले उहाँबाट धेरै कुरा सिकेको छु,' शरदले भनेका थिए, 'मलाई उनी सबैभन्दा मन पर्ने खेलाडी हुन्।'
सन् २०१० को फेब्रुअरी २४। त्यति बेला नेपालमा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-५ भैरहेको थियो भने भारतमा घरेलु टिमविरुद्ध दक्षिण अफ्रिकाको वान-डे शंृखला। सचिनले त्यो दिन वान-डे क्रिकेटमा नयाँ कीर्तिमान बनाए। सचिन पहिलोपल्ट वान-डे क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने खेलाडी बने। उनले १ सय ४७ बलमा २५ चौका र ३ छक्का प्रहार गर्दै नटआउट २ सय रन बनाएका थिए। यता, कीर्तिपुर मैदानमा शरदले भने फिजीविरूद्ध नटआउट १ सय ५ रन जोडे। जुन शरदको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय सतक हो। त्यसको भोलिपल्ट नेपाली पत्रपत्रिकामा शरद र सचिन दुवैको तस्बिर पहिलो पृष्ठमा प्राथमिकताका साथ प्रकाशित भयो। शरदले त्यतिबेला भनेका थिए, 'मलाई निकै खुसी लाग्यो। आफ्नो आदर्श खेलाडीसँगै तस्बिर आउँदा।' भारतीय क्रिकेटका भगवान मानिने सचिनले वेस्टइन्डिजविरुद्धको दोस्रो टेस्टपछि खेल जीवनबाट संन्यास लिए। जताततै त्यसको चर्चा भयो। त्यसै दिन बेलुकी करिब ७ बजे शरदले युएईको मैदानमा जोडदार रूपमा ब्याट घुमाए र फेरि सचिनसँगै चर्चामा आए। नेपालले क्रिकेटको छोटो संस्करणमा अहिलेसम्मकै सबैभन्दा ठूलो १ सय ८३ रन पछ्याइरहेका बेला अन्तिम ओभरमा जितका लागि १७ रन आवश्यक थियो। क्रिजमा रहेका शरदले पहिलो बलमा ६, दोस्रोमा २, तेस्रोमा ६ र चौथोमा पनि ६ रन प्रहार गर्दै २० रन जोडेर नेपालको जित २ बल बाँकी छँदै सुनिश्चित गरिदिए अनि फेरि त्यही भयो, गएको आइतबार शरद् र सचिनको तस्बिर नेपाली पत्रपत्रिकाको पहिलो पृष्ठमा छायो।
साभार : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !