१९ फागुन, नवलपरासी । आफुसँग भएका हात हतियार बुझाउनेलाई नवलपरासी प्रहरीले कारबाहीमा छुट दिने भएको छ । प्रहरीले ३५ दिन भित्रमा हतियार बुझाउन पनि आग्रह गरेको छ ।
नवलपरासीलाई अवैध हतियार मुक्त जिल्ला बनाउने उद्देश्यले ईजाजत नभएका हतियारहरु
प्रशासनको जिम्मा लगाउन जिल्ला प्रहरी कार्यालयले एक पटकका लागि यो सुविधा ल्याएको प्रहरी उपरिक्षक प्रकाश जंग कार्कीले जानकारी दिनुभयो ।
फागुन २० गतेदेखि ३५ दिन भित्र आफुसंग भएका अबैध हतियारहरु प्रहरीलाई सोझै बुझाउन अनुरोध गरिएको छ । तोकिएको यस अवधिभित्र पनि हतियार नबुझाएमा वा लुकाई राखेमा कानुनी कार्वाही गरिने बताईएको छ ।
अवैध रुपमा हतियार लुकाई राखेको सुराकी दिएमा सुराकी दिनेलाई हतियारको प्रकृति हेरी ५० हजार रुपियासम्म पुरस्कार दिने व्यवस्था समेत गरिएको प्रहरीले बताएको