समीक्षा श्रेष्ठ, वनस्थली, काठमाडौं
समीक्षा मिस नेपाल २०१३ की प्रतियोगी नम्बर १ हुन्। मिस नेपालमा प्रतिस्पर्धा गर्नकै लागि जापानबाट काठमाडौं आएकी समीक्षाले जापानमा केही
विज्ञापन क्याम्पेनमा भाग लिएकी थिइन्। मिस नेपालको उपाधि जिते समीक्षाले बालबालिकाहरूका लागि विशेष कार्यक्रम गर्ने योजना बनाएकी छिन्। उनका हजुरबुवाले नेपाल-जापानलाई समेटेर एउटा संस्था स्थापना गरेका छन्। मिस नेपालको उपाधिले आफूलाई उक्त संस्थामार्फत बालबालिकाको सहयोगका लागि कार्यक्रम सञ्चालन गर्न सजिलो हुने श्रेष्ठको दाबी छ।
उमेरः२१, उचाइः ५ फिट ६ इन्च, शिक्षाः बीबीएस, लक्ष्यः सफल व्यक्ति बन्ने, रुचिः खाना पकाउने, खेलकुद, ग्याजेट चलाउने
रचना भारती, महेन्द्रनगर (कञ्चनपुर)
पेसाले रचना नर्स हुन्। उनी हाल बीएन्डबी हस्पिटलमा कार्यरत छिन्। मिस नेपालमा उपाधि विजेता भएमा समाजसेवाको क्षेत्रमा सक्रिय हुने उनी बताउँछिन्। अघिल्लो वर्ष नै मिस नेपालमा सहभागिता जनाउने प्रयास गरे पनि अध्ययनका कारण त्यो सफल नभएको रचनाले बताइन्। सेती महाकाली नर्सिङ क्याम्पसबाट नर्सिङ गरेकी रचना आफू मिस नेपाल २०१३ को विजेता बन्ने प्रसस्त सम्भावना देख्छिन्।
उमेरः२०, उचाइः ५ फिट साढे ४ इन्च, शिक्षाः पीसीएल नर्सिङ , लक्ष्यः समाजसेवा, रुचिः नृत्य, संगीत, अध्ययन
सिपोरा गुरुङ, पोखरा
खेलकुदको क्षेत्रमा सिपोरा गुरुङ स्थापित नाम हो। भलिबलकी यी राष्ट्रिय खेलाडी यतिबेला क्याटवाकको प्रशिक्षणमा व्यस्त छिन्। खेलकुदबाट कमाएको ख्यातिलाई अझ उच्च बनाउन आफू मिस नेपाल-२०१३ मा सहभागी भएको उनको तर्क छ। आफ्नो समाज र देशप्रतिको कतर् व्यका कारण उनी मिस नेपालको विजेता नै बन्नुपर्छ भन्ने देख्दिनन्। मिस नेपालमा आउनुअघि नै आफू समाजमा भिजिसकेकाले यो प्रतियो गिताको सहभागिता उनलाई अझ धेरै ज्ञान बटुल्ने माध्यम भए उनको तर्क छ।
उमेरः१९, उचाइः ५ फिट ८ इन्च, शिक्षाः स्नातक अध्ययनरत, लक्ष्यः हरेक नेपालीको मुटुमा बस्ने, रुचिः नृत्य, संगीत
बिन्दु केसी, स्याङ्जा
पोखरामा जन्मिएर स्याङ्जामा हुर्किएकी बिन्दुले सन् २००५ देखिका मिस नेपालका प्रतिस्पर्धाहरूलाई नजिकबाट नियालिरहेकी छिन्। उनले यसअघि सन् २०१० को मिस नेपालमा समेत भाग लिएकी थिइन्। यसपटक आफूमा भएको आत्मविश्वासले विजेता बनाउने उनी दाबी गर्छिन्। मिस नेपालको उपाधि जिते बिन्दुले सामाजिक कार्यमा हात हाल्ने योजना बनाएकी छिन्। मिस नेपाल भए महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने उनको योजना छ।
उमेरः२३, उचाइः ५ फिट ६ इन्च, शिक्षाः स्नातक तेस्रो वर्ष, लक्ष्यः समाजसेवा, रुचिः नयाँ ठाउँ घुम्ने, नृत्य, स्वीमिङ
माया साउद
नर्सिङमा स्नातक गरेपनि आफू मिस नेपाल-२०१३ की प्रतिस्पर्धी भएको माया साउदको तर्क छ। आफ्ना लागि नयाँ बाटो खुल्ने भएकाले पनि आफू यो प्रतिस्पर्धामा आएको उनी बताउँछिन्। 'हामी १८ जना नै जित्नका लागि आएका हौं, माया भन्छिन्—
'व्यक्तिगत रूपमा म उत्कृष्ट पर्फमेन्स दिने प्रयास गर्नेछु।' मिस नेपालको उपाधि जिते मायाले आफूलाई समाजसेवामा केन्द्रित गराउनेछिन्।
उमेरः२३, उचाइः ५ फिट ७ इन्च, शिक्षाः बीएस्सी नर्सिङ, लक्ष्यःनर्सिङमा स्नातकोत्तर गर्दै समाजसेवा गर्ने, रुचिः संगीत, भ्रमण
इशानी श्रेष्ठ, थापाथली
ईशानी भविष्यकी डेन्टिष्ट हुन्। 'म जे गर्छु, मनैदेखि गर्छु' भन्ने इशानी रुचि नलागेको काममा हात नै हाल्दिनन्। मिस नेपालको आफ्नो सहभागितालाई पनि उनले सफलताका रूपमा समेत लिएकी छिन्। लामो समयदेखि मिस नेपाल प्रतियोगितालाई नजिकबाट नियालिरहेकी इशानीले आफू मिस नेपालको विजेता भए आवाजविहीन मानिसहरूको आवाज बन्ने योजना बनाएकी छिन्।
उमेरः२१, उचाइः ५ फिट ६ इन्च, शिक्षाः डेन्टिस्टकी छात्रा, लक्ष्यः डेन्टिस्ट बन्ने र समाजसेवा, रुचिः चित्रकला, नृत्य, भ्रमण
सुजाता बलामी, मकवानपुर
मिस्टर एन्ड मिस बलामी-२०११ की विजेता हुन् सुजाता बलामी। 'पहिलो प्रयासमै सफल भएँ, सुजाता भन्छिन्— 'मिस नेपाल मेरो अर्को पाइला, यसमा पनि सफल हुनेछु।' आफूमा भएको खुबी प्रस्तुत गर्दै मिस नेपाल-२०१३ को उपाधि जित्न सक्ने कुरामा उनी आत्मविश्वासी दे खिन्छिन्। 'मिस नेपालको उपाधि जितेँ भने म यो गर्छु, त्यो गर्छु भन्दिनँ, सुजाता भन्छिन्— 'अहिले नै घोषणा गरेर पछि गर्न सकिएन भने राम्रो मानिँदैन। म जे गर्छु, देशका लागि गर्छु।'
उमेरः२०, उचाइः ५ फिट ४ इन्च, शिक्षाः स्नातक दोस्रो वर्ष, लक्ष्यःबैंक मेनेजर बन्ने, रुचिः नृत्य
मेघना श्रेष्ठ, धरान
मिस टिन कलेज २००८ मा फस्ट रनर्स अपको उपाधि जितेपछि मेघनालाई ग्ल्यामर क्षेत्रले आकषिर्त गरेको हो। जहाँ इच्छा त्यहाँ उपाय भन्ने कुरामा विश्वास गर्ने मेघना भित्री मनको इच्छाले मिस नेपाल-२०१३ मा सहभागिता जनाएको बताउँछिन्। 'मलाई लाग्छ मिस नेपाल हामीजस्ता युवाका लागि केही गरेर देखाउने उत्कृष्ठ माध्यम हो, मेघनाका अनुसार— 'मिस नेपालको उपाधि जितेर देशको लागि केही गर्ने मन छ।'
उमेरः२२, उचाइः ५ फिट ६ इन्च, शिक्षाः स्नातक तेस्रो वर्ष, लक्ष्यःदेशलाई सभ्य बनाउने, रुचिः संगीत, अध्ययन, यात्रा, कुकिङ
सृतिमा शाह, काठमाडौं
अघिल्लो पुस्ताका व्यक्तिहरू बाल्यकालमा लुकामारी खेल्थे, तर सृतिमा आफ्नो बाल्यकालमा आफ्ना बालसखीहरूसँग ब्युटी पेजेन्ट खेल्थिन्। 'बाल्यकालदेखिको चाहना अहिले आएर पुरा भएको छ, शाह भन्छिन्— 'स्कुल-कलेज पढ्दा मिस नेपालका बारेमा सोचेकी थिइनँ, तर अहिले कलेजको अन्तिम वर्षमा पुगेपछि मिस नेपाल नै आफ्नो विचार र ज्ञान बढाउने सही प्लेटर्फम हो जस्तो लाग्यो।' उनी भन्छिन्— 'विजेता त एक जना मात्र हुने हो तर मैले अहिले नै जित-हारका बारेमा सोचेकी छैन।'
उमेरः२१, उचाइः ५ फिट ६ इन्च, शिक्षाः बीबीए तेस्रो वर्ष (देहरादून), लक्ष्यःयूएन अफिसर बन्ने, रुचिः यात्रा, संगीत
प्रतिमा गिरी, ललितपुर
पत्रकारिताकी यी छात्राले भविष्यमा पत्रकारिता गर्छु भनेकी छैनन्, समाजसेवा गरेर सडक बालबालिकाहरूको उचित हेरचाह गर्ने उद्देश्य लिएकी छिन्। प्रतिमा भन्छिन्— 'अध्ययनका कारण गत वर्ष सम्भव भएन, यसपटक पूर्ण आत्मविश्वासका साथ आएकी छु।' 'म बोल्न सिपालु छु, आत्मविश्वासले भरिपूर्ण छु, आफ्नो विशेषता वर्णन गर्दै उनले भनिन्—
'अन्य प्रतिस्पर्धीको झैं मेरो पनि लक्ष्य उपाधि चुम्नु नै हो।'
उमेरः२०, उचाइः ५ फिट ४ इन्च, शिक्षाःस्नातक तह (मानविकी), लक्ष्यः समाजसेवा, रुचिः चलचित्र, संगीत
ओसिमा बानु, काठमाडौं
मिस नेपाल-२०१३ का सबै प्रतिस्पर्धीमध्ये ओसिमा बानु सबैभन्दा जेठी छिन्। २४ वर्षीया ओसिमाले ठट्टा गर्दै भनिन्— 'म सबैकी दिदी हुँ।' मुस्लिम समुदायको प्रतिनिधित्व गर्ने एक मात्र प्रतिस्पर्धी ओसिमा व्यावसायिक मोडल समेत हुन्। एनसेललगायत थुप्रै उत्पादनका विज्ञापनमा मोडलिङ गरिसकेकी छिन्। 'हाम्रो समुदाय अन्य नेपाली समुदायजस्तो खुला छैन, ओसिमा भन्छिन्— 'मिस नेपालको मेरो सहभागिता नै चुनौ तीपूर्ण छ।' अन्य प्रतिस्पर्धी झैं ओसिमा पनि विजेता बन्ने कुरामा ढुक्क देखिन्छिन्। 'मिस नेपाल भयो भने के के गर्छु भनेर योजना बनाएकी छैन,' उनी भन्छिन्।
उमेरः२०, उचाइः ५ फिट ५ इन्च, शिक्षाः स्नातक, लक्ष्यः सफल व्यक्ति बन्ने, रुचिः मोडलिङ
रक्षा थापा, पोखरा
फिलिपिन्समा एमबीबीएस अध्ययरत रक्षा विगत एक वर्षदेखि नेपालमै छन्। अध्ययनलाई केही समयका लागि स्थगित गरेर नेपाल आएको अवसर छोपेर उनी मिस नेपाल-२०१३ मा सहभागी भएकी हुन्। फिलिपिन्समै सम्पन्न मिस युनिभर्सिटीमा फस्ट रनर्स अपको उपाधि जितिसकेकी रक्षा अर्को एउटा प्रतियोगिता मिस सिग्लाक्लासमा प्रथम भएकी थिइन्। 'हरेक कुरामा आफैंलाई निखार्न पाइरहेकी छु,' उनी भन्छिन्— 'उपाधि जित्नका लागि म न त ओभर कन्फिडेन्स छु न त लो कन्फिडेन्स नै।' मिस नेपाल-२०१३ को उपाधि जिते समाजसेवामा समेत केन्द्रित हुने उनको लक्ष्य छ।
उमेरः२२, उचाइः ५ फिट ५ इन्च, शिक्षाः एमबीबीएस (फिलिपिन्स), लक्ष्यः सफल चिकित्सक बन्ने , रुचिः संगीत, भ्रमण, अध्ययन
रोजिशा शाही ठकुरी, धापाखेल (सिन्धुली)
५ फिट साढे ९ इन्च उचाईकी रोजिशा शाही मिस नेपाल-२०१३ कै सबैभन्दा अग्ली प्रतिस्पर्धी हुन्। उनको सपना छ- 'भविष्यमा मेरो पनि ५-६ वटा भाटभटेनीजस्ता सुपर मार्केट हुन्, आफ्नै ठूलो बैंक होस् भन्ने चाहना छ।' ग्ल्यामरको संसारमा रुचि भएका कारण आफू मिस ने पालमा सहभागी भएको बताउने रोजिशा भन्छिन्— 'मिस नेपालका लागि म आत्मविश्वासले भरिएकी छु। प्रतियोगितामा म कतिसम्म गर्न सक्छु र के के कुरामा सुधार्नुपर्छ भन्ने कुरा मलाई थाहा छ।' मिस नेपाल-२०१३ को उपाधि जिते सडकबालिकाको समस्यामा काम गर्ने उनको योजना छ।
उमेरः१९, उचाइः ५ फिट ९ इन्च, शिक्षाः बीबीए (दोस्रो वर्ष), लक्ष्यः बिजनेस ओमनबस्ने, रुचिः अध्ययन, भ्रमण
अस्मिता सिटौला, झापा
मिस नेपाल-२०१३ मा पूर्वी नेपालको प्रतिनिधित्व गरिरहेकी अस्मिता सिटौलालाई नेपालमा भएका बालबालिकालाई महिलालाई आफ्नो खाँचो छ जस्तो लागेको छ। विजयी हुने सम्भावनाका बारेमा गरिएको एउटा जिज्ञासामा अस्मिताले भनिन् — 'म कसैलाई हराउन होइन आफू जित्नलाई खेलौं भन्ने मान्यतामा विश्वास गर्छु।' यसपटकको प्रतिस्पर्धामा देशका हरेक क्षेत्रबाट प्रनिधित्वि भएकोमा खुशी लागेको बताउँदै अस्मिताले प्रतिस्पर्धी १८ जना नै उपाधिको हकदार रहेको बताइन्।
उमेरः२०, उचाइः ५ फिट ८ इन्च, शिक्षाः स्नातक, लक्ष्यः समाजसेवा, रुचिः भ्रमण, नयाँ मान्छे भेट्ने
सुमी लामा, काभ्रे
लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी सुमी लामा वर्ष २०१२ मा सम्पन्न मिस तामाङकी विजेतासमेत हुन्। मिस नेपाल-२०१३ का सबै प्रतिस्पर्धीले उत्तिकै मेहनत गरिरहेको बताउँदै सुमी प्रशिक्षणका क्रममा हरेक दिन नयाँ-नयाँ कुरा सिक्न पाइरहेकोमा खुसी प्रकट गरिन्। 'प्रशिक्षणका क्रममा आयोजना गरिएका वर्कसप लगायतका गतिविधिमा समाजका विशिष्ट व्यक्तित्वबाट धेरै कुरा सिक्नु पाउनुलाई मैले उपलब्धिका रूपमा लिएकी छु।' सुमि भन्छिन्।
उमेरः२३, उचाइः ५ फिट ६ इन्च, शिक्षाः स्नातक (अन्तिम वर्ष), लक्ष्यः सफल व्यक्ति बन्ने,
रुचिःसंगीत, भ्रमण
रेणु पोखरेल, विराटनगर
एक जना साथीले विराटनगरमा मिस नेपाल-२०१३ को अडिसन भैरहेको जानकारी नगराएको भए रेणु पोखरेल अहिले विराटनगरमै हुन्थिन्। स्थानीय कम्प्लेक्समा सम्पन्न अडिसनमा भाग लिएको केही दिनमै मिस नेपालका लागि छनौट भएको थाहा पाउँदा उनी असाध्यै खुसी भइन्। 'सबै उत्कृष्ट छन्, रेणु भन्छिन्— 'तर म पनि कम छैन !' मानविकी संकायकी यी छात्रा मिस नेपालको उपाधि जित्न सफल भए समाजसे वाको क्षेत्रमा सक्रिय हुने बताउँछिन्।
उमेरः२०, उचाइः ५ फिट ७ दशमलब ५ इन्च, शिक्षाः स्नातक (पहिलो वर्ष), लक्ष्यः सफल व्यक्ति बन्ने, रुचिः नृत्य, संगीत, अध्ययन
ऐश्वर्या उपाध्याय, इटहरी
एमबीबीएस अध्यननका लागि इन्ट्रान्सको तयारी गरिरहेकी ऐश्वर्या उपाध्याय अध्ययनको व्यस्तताका बीच पनि मिस नेपाल-२०१३ मा सहभागी छिन्। 'मलाई ग्ल्यामरले जहिले पनि आकषिर्त गर्छ, उपाध्याय भन्छिन्— 'शारीरिक मात्र होइन मानसिक रूपले समेत तयार भएपछि म यो प्रतियोगितामा आइपुगेकी हुँ।' मिस नेपाल-२०१३ को उपाधि जित्न सके ऐश्वर्याले माइती नेपाल, बाल मन्दिर, हाम्री बहिनी जस्ता सामाजिक संस्थासँग निकट रहेर समाजसेवाको क्षेत्रमा सक्रिय हुने योजना बनाएकी छिन्।
उमेरः१९, उचाइः ५ फिट ५ इन्च, शिक्षाः ए लेबल, लक्ष्यःचिकित्सक बन्ने, रुचिः उपन्यास पढ्ने
रिजु श्रेष्ठ, भद्रपुर, झापा
मिस नेपाल-२०१३ मा झापा जिल्लाको प्रतिनिधित्व गर्ने अर्की प्रतिस्पर्धी रिजु श्रेष्ठ विगत पाँच वर्षदेखि यो प्रतियोगितामा सहभागिता जनाउन चाहन्थिन् तर अध्ययनका कारण उनको यो चाहना पुरा हुन सकेको थिएन। यसैवर्ष स्नातक उत्तीर्ण गरेपछि उनका लागि मिस नेपालका बाटो खुला भएको हो। अघिल्लो वर्ष सम्पन्न मिस ग्लोबल नेपाल-२०१२ को उत्कृष्ट ५ मा पर्न सफल रिजुले ब्युटि पेजेन्ट सम्बन्धि आधारभूत ज्ञान सोही प्रतियोगिताबाट पाएकी थिइन्। 'मिस नेपालको विजेता भएँ भने के गर्छु भनेर सोचेकै छैन, रिजु भन्छिन्— 'मिस नेपालले गर्नु पर्ने सबै कर्तव्य पुरा गर्छु।'
उमेरः२३, उचाइः ५ फिट ६ इन्च, शिक्षाः स्नातक (मिडिया स्टडिज), लक्ष्यः समाजसेवा, रुचिः संगीत, भ्रमण
स्रोत : साप्ताहिक