कर्णेल कुमार लामा धरौटीमा रिहा हुने
काठमाडौँ, फागुन १९ - नेपालमा युद्ध अपराध गरेको अभियोगमा बेलायतमा पक्राउ परेका कर्णेल कुमार लामालाई १० हजार पाउन्ड धरौटीमा रिहा गर्न त्यहाँको अदालतले आदेश दिएको छ। यसअघि प्रारम्भिक सुनुवाईका क्रममा धरौटीमा रिहा गर्न अस्वीकार गरिएपछि उनी झण्डै दुई महिनादेखि लन्डनको बेलमार्स कारागार थिए।
- नागरिक