CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पोखरामा गर्लफ्रेन्डसँग घुम्न नपाइने भो। पक्राउ भए लास्टै झ्याउ

पोखरामा गर्लफ्रेन्डसँग घुम्न नपाइने भो। पक्राउ भए लास्टै झ्याउ

प्राकृतिक  सुन्दरताले भरिपूर्ण पोखरा प्रेमीप्रेमिकाका लागि रोमान्टिक शहर हो। जोडीहरू यहाँ बेपर्वाह फेवाताल, बेगनास ताल, शान्ति स्तुपा, सराङकोट, लभ्ली डाँडा, पावर हाउस, फेवा पार्कलगायत ठाउँमा रमाइरहेका हुन्छन्। तर, अब उनीहरूको प्रेमालाप जालमा पर्ने भएको छ। कास्की प्रहरीले फागुन १ गतेदेखि 'अपरेसन जलकुम्भी' सुरु गरेर जोडीलाई धमाधम पक्राउ गर्न थालेपछि प्रेमी मुटुहरू भयभित भएका छन्। 
भर्खरै जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुख भएर आएका एसपी केदार रिजालले
फागुन १ गते पत्रकार सम्मेलन गरी 'अपरेसन जलकुम्भी' सुरु भएको घोषणा गरेका थिए। यसको पहिलो निसाना प्रेम जोडी बने। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फागुन १ देखि ६ गतेसम्म ६० भन्दा बढी युवायुवती पक्राउ परिसकेका छन्। उनीहरू सबैलाई सार्वजनिक मुद्दा चलाइसकिएको छ। अहिले विभिन्न जिल्लाबाट आएका मात्र होइनन्, स्थानीय प्रेमजोडी पनि आतंकित छन्। 'प्रहरीले गर्दा गर्लफ्रेन्डसँग पोखरामा घुम्न नपाइने भो। पक्राउ भएपछि लास्टै झ्याउ हुन्छ,' गर्लफ्रेन्डसँगै भेटिएका लेखनाथका सविन पुन भन्छन्, 'अब त डराई-डराई लभ गर्नुपर्ने भो।' 
प्रहरीले माघ २९ गते गते पोखरा-८, जाल्पारोडमा रहेको एक खाजाघरबाट सञ्चालक टासी गुरुङसहित एक प्रेमजोडीलाई समात्यो। यसै दिन पोखरा -१३ भद्रकाली मन्दिरमा पनि एक प्रेमजोडीलाई प्रहरीले नियन्त्रणमा लियो। फागुन २ गते पोखरा-६, लेकसाइडबाट सितारा होटलमा बसिरहेका छ जोडीसहित होटलका म्यानेजर दीपक न्यौपानेलाई प्रहरीले समात्यो। प्रहरीले उनीहरूलाई यौन व्यवसायमा संलग्न भएको आशंका गरेको छ। फागुन ३ गते पोखराका विभिन्न ठाउँबाट छ जोडीलाई पक्राउ गरेपछि पोखराका प्रेमजोडी प्रहरीलाई प्रेमको दुश्मन ठान्न थालेका छन्। 
पोखरा रमाइलो भएकाले विभिन्न जिल्लाबाट प्रेमजोडीहरू यहाँ घुम्न आउँछन्। उनीहरूसमेत प्रहरीको निसानामा पर्न सक्ने धेरैको आशंका छ। 'वेश्यावृत्ति गर्नेलाई पक्रनु ठीकै हो। तर, राजीखुसी सँगै बसेका केटाकेटीलाई डिस्टर्ब गर्नु गलत हो,' पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवं व्यवसायी टीकाराम सापकोटा भन्छन्, 'लिभिङ टुगेदरको जमाना आइसक्यो। प्रहरीले धमाधम प्रेमजोडी समात्दा लिभिङ टुगेदरमा रमाउनेलाई पनि असर पर्न सक्छ।' सार्वजनिक ठाउँमा अनैतिक क्रियाकलाप गर्नेलाई पक्राउ गरे पनि मनखुसीले सुरक्षित ठाउँमा रमाउने प्रेम जोडीलाई प्रहरीले अवरोध गर्नु गलत भएको उनको भनाइ छ। 
'अपरेसन जलकुम्भी'लाई प्रेमविरोधी ठान्ने युवा प्रकाश गुरुङ भन्छन्, 'कसैलाई डिस्टर्ब नहुने गरी होटलमा बसिरहेका या पार्कमा रमाइरहेका प्रेमजोडीलाई पक्रनु व्यक्तिगत स्वतन्त्रताको हनन हो। उनले पोखरामा मौलाएको डनगिरी, लुटपाट, चोरी डकैती छाडेर प्रहरीले पार्क, मन्दिर, फेवाताल आसपासमा जोडी पक्रिने झिंगे दाउ खेलिरहेको बताए।
पोखरामा हनिमुन मनाउन आउनेहरू पनि प्रशस्तै हुन्छन्। विवाहित जोडीले 'म्यारिज सर्टिफिकेट' बोकेर आउँदैनन्। उनीहरूसमेत प्रहरीको नजरमा नपर्लान् भन्न कसरी सकिएला? 'प्रेमजोडीलाई हामी केही गर्दैनौँ,' जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता रविन्द्र पौडेल भन्छन्, 'को गर्लफ्रेन्ड र ब्वाईफ्रेन्ड चिन्न सकिन्छ। फेरि गर्लफ्रेन्ड र ब्वाईफ्रेन्ड भए पनि सार्वजनिक ठाउँमा गलत काम गरे पक्राउ गर्ने हो। होटेलमा बसेका प्रेमजोडीलाई हामी केही गर्दैनौँ।'
मनोज घर्तीमगर - शुक्रबार 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis