काठमाडौ, -
गैरकानुनी रूपमा नेपाली नागरिक खेलाएर अकुत कमाइरहेका क्यासिनोहरूले हजारौं स्वदेशी ग्राहकलाई नक्कली कर्मचारी परिचयपत्र जारी गरेको पाइएको छ । गृह मन्त्रालयदेखि प्रहरीसम्मका विभिन्न निकायलाई रिझाएर आफ्नो व्यापार टिकाइरहेका क्यासिनोहरूले नियमित ग्राहकलाई अप्ठ्यारो नहोस्
भनेर कर्मचारीको नक्कली हैसियत दिएका हुन् ।
राजधानीका विभिन्न तारे होटलमा सञ्चालित क्यासिनोहरूले यस्तो छली गृह प्रशासनका लागि नौलो होइन । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक -एसएसपी) रणबहादुर चन्दले आफूलाई यसबारे जानकारी भएको बताए । उनले एक हप्ताअघि यसबारे छानबिन गर्न सबै क्यासिनोहरूसँग कर्मचारीको तलब सिट मगाएको पनि उल्लेख गरे ।
परिसरले सञ्चालक को-को हुन् र तलब के कति जनालाई कसरी खुवाइएको छ भनेर पत्र पठाएकोमा क्यासिनोहरूले जवाफ पठाएका छैनन् । प्रहरी बिटदेेखि मन्त्रालयसम्म सेटिङ मिलाएका क्यासिनोहरूलाई यस्ता पत्रले केही फरक नपर्ने जानकार स्रोतहरूले बताए । एसएसपी चन्दले भने केही दिनभित्रमा मागिएको जानकारी उपलब्ध नभएमा क्यासिनो सञ्चालकहरूमाथि कडा कारबाही गरिने बताए । 'अब हामी कडा भएर प्रस्तुत हुन्छौं,' उनले कान्तिपुरलाई भने ।
क्यासिनोहरूले फाटफुट आउनेभन्दा नियमितरूपमा खेल्ने ग्राहकलाई बेलाबखत जोगाउन कठिन हुने भएपछि विगत केही वर्षयता नक्कली कर्मचारी परिचयपत्र दिन थालेका हुन् । खासगरी नियमित ग्राहकलाई 'विजनेस प्रोमोसन एजेन्ट' का नाममा परिचयपत्र दिइएको बताइन्छ । क्यासिनोमा खेलेर घरबार बर्बाद भएका अनेक घटना सार्वजनिक भइरहँदा भक्तपुरमा केही हप्ताअघि शंकास्पद रूपले मृत भेटिएका एक पुरुषसँग पनि त्यस्तै परिचयपत्र भेटिएको थियो । ती व्यक्तिको मृत्युसँग उनको लामो समयदेखिको क्यासिनो जाने लत प्रत्यक्ष जोडिएको अनुसन्धानले देखाउने प्रहरी बताउँछ ।
विजयकुमार गच्छदार गृहमन्त्री भएयता क्यासिनोको लाइन खुलेकाकले नियमित ग्राहकलाई खास फरक नपरेको एक क्यासिनो प्रबन्धकले उल्लेख गरे । 'कुन बेला कुन युनिट रिसाउँछ र छापा हान्छ भन्ने थाहा हुँदैन । त्यसैले परिचयपत्र दिनुपरेको हो,' नाम उल्लेख नगर्ने सर्तमा उनले भने । केही महिनाअघिसम्म परिसरका अधिकारीहरूले नियमित महिनावारी नबुझाउने क्यासिनोमा छापा मार्ने, समातिएका ग्राहकलाई चाँडो छोड्न पैसा असुल्नेसमेत गरेको स्रोतहरू बताउँछन् । 'अहिले शान्त छ । हामीलाई कुनै पत्रसत्र केही पनि आएको छैन,' क्यासिनो स्रोत भन्छन् ।
ँअब सञ्चालकलाई पनि तान्छु’
आफू परिसर प्रमुख भएयता विभिन्न समय छापा मारेर ३५ जनाभन्दा बढीलाई कारबाही चलाइसकेको दाबी गर्ने चन्दले अब एक जना समातिएको खण्डमा पनि सबै सञ्चालकलाई पक्राउ गरी कारबाही गर्ने बताए । 'अब शून्य सहनशीलताको बाटोमा अगाडि बढ्नेछौं,' उनले भने, 'कसैको दबाबले काम गर्नेवाला छैन ।'
जुवा ऐन २०२० ले संगठित र व्यावसायिक रूपमा जुवा खेलाउनेलाई खेल्नेबराबर नै दोषी ठहर गरेको छ । जुवा खाल चल्ने जमानामा बनेको यो कानुनले त्यतिबेलाको आर्थिक सामाजिक अवस्थाअनुसार दुवै खाले दोषीलाई दुई सय रुपैयाँ जरिवाना मात्र तोकेको छ । अहिले अर्बौं अवैध कारोबार हुने भव्य क्यासिनोहरूमा खेल्ने खेलाउनेलाई पनि त्यही कानुनअनुसार कारबाही गरिनु असान्दर्भिक हुने सम्बद्ध अधिकारीहरूको तर्क छ । तीन वर्षअघि तत्कालीन परिसर प्रमुख रमेश खरेलले सञ्चालकहरूलाई पनि मुद्दा चलाउँदा नेपालका 'क्यासिनो टाइकुन' भनेर चिनिने भारतीय नागरिक राकेश बाध्वा व्यापारै छाडेर भारत पलायन भएका थिए ।
प्रकाशित मिति: २०६९ फाल्गुन १९ ०९:३८
सुन्दर खनाल - कान्तिपुर