काठमाडौ, फाल्गुन १९ - बैंककमा उपचा गराइरहेका पूर्व युवराज पारसको होस् खुलेको अस्पतालले जनाएको छ । बैंककस्थित उनको उपचार भइरहेको समितिभेज अस्पतालले आज जारी गरेको बिज्ञप्तीमा पारसको होस् खुलेको र मान्छे चिन्न
सक्ने अवस्थामा रहेको जनाइएको छ । अस्पतालका कार्डियोलोडिस्ट डा. माना चान्डाभिमोलद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा उनलाई अझैं भेन्टिलेरटमै राखेर उपचार भइरहेको जानकारी दिइएको छ ।
हृदयघात भएपछि उनलाई फागुन ८ गते बैंकको समितिभेज अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालमा लैजादा बेहोस उनको पहिलो पटक होस् खुलेको हो । बैंकक स्थिति बिभिन्न अस्पतालका बिशेषज्ञहरु उनको उपचारमा सक्रिए थिए ।
स्रोत : कान्तिपुर
स्रोत : कान्तिपुर