भारतीय गुरुहरू अध्यात्ममार्फत हिन्दु राष्ट्रको पक्षपोषणमा
भारतीय आध्यात्मिक गुरु रविशंकरले १५ र १६ फागुनमा त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा आयोजित ध्यान शिविरका साधकहरूलाई संक्षिप्त सम्बोधन गरे। आर्ट अफ लिभिङ्का संस्थापक उनले त्यस सम्बोधनमा न जीवन जिउने कलाका बारेमा केही बताए, न त आफूले प्रतिपादन गरेको सुदर्शन क्रिया
गराए। पहिलो दिन उनले साधकहरूसँग राजनीतिक कुरा गर्न रुचाए। उनले नेपाली नेताहरूलाई पहिले देश, त्यसपछि पार्टी अनि मात्र आफू भन्नुपर्ने सबक सिकाएको बताउँदै भने, "अब नेपालमा चुनाव हुन्छ, तपाईंहरूले चुनावमा भोट हाल्नुपर्छ। राम्रो मान्छेलाई भोट हाल्नूस्।"अर्को दिन पनि रविशंकरले साधकहरूसँग नेपालमा लोभलालच देखाएर जबरजस्ती धर्म परविर्तन गराउने कार्य भइरहेको भन्दै असन्तुष्टि मात्र जनाएनन्, आफ्नो धर्म छाडेर अर्को धर्म अँगालेकाहरूलाई फिर्ता ल्याउने अभियानमा युवा सक्रिय हुनुपर्ने बताए। यति मात्र होइन, आफूले नेपालका ग्रामीण भेगका गरबि परिवारका लागि सोलार (सौर्य) बत्ती वितरण अभियानको थालनी गर्न लागेकाले त्यसमा सक्रिय हुन युवालाई आह्वान नै गरे। सोलार बत्ती वितरण गरिने यी तीनै ग्रामीण भेग हुन्, जहाँ धर्म परविर्तनको शृंखला बढ्दो छ।
१६ फागुनमा महाराजगन्जस्थित नेपाल प्रहरीको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा उनले 'समृद्घ नेपालका लागि स्वयंसेवक' अभियान उद्घाटन गरे। यो कार्यक्रमको खाका उनी आफैँले बनाएका हुन्। यस अन्तर्गत ध्यान साधना, जीवन पद्धति र सामाजिक सेवामा सक्रिय हुने गरी स्वयंसेवकहरू तयार गरसिकिएको छ, जो आगामी वैशाखदेखि मुलुकका विभिन्न ठाउँलाई कार्यक्षेत्र बनाई विधिवत् खटिनेछन्। रूपमा सामाजिक देखिए पनि यो अभियान सारमा हिन्दु मत निर्माण गर्ने उद्देश्यबाट प्रेरति छ। जस्तो ः प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित कार्यक्रममा रविशंकरले नेपाल हिमालय र बुद्घ जन्मिएको देश मात्र नभई सनातन हिन्दु धर्मको जननी पनि भएकाले त्यसको पहिचान कायम राख्न आग्रह गरेका थिए। उनले नेपाल बसाइका क्रममा भएका प्रत्येक भेटघाट र सम्बोधनमा बारम्बार यही कुरा दोहोर्याए। कतिसम्म भने १५ फागुनमा काठमाडौँ आउनासाथ राष्ट्रपति रामवरण यादवदेखि झलनाथ खनाल, रामचन्द्र पौडेल, कृष्णबहादुर महरालगायत प्रमुख राजनीतिक दलका नेताहरूसँग एक्लाएक्लै भेट्दा पनि उनले यिनै कुरा गरेका थिए।
यति मात्र होइन, धर्म परविर्तन गररिहेको वर्गलाई भड्किन नदिनतर्फ सचेत रहन पनि रविशंकरको आग्रह थियो। यही कारण हुन सक्छ, देशभरिबाट दुई सय युवा भेला गरी १० देखि १६ फागुनसम्म भाटभटेनीस्थित आम्रपाली क्याटरङि्मा प्रशिक्षण दिन लगाए। पछिल्लो दुई दिन त्यस प्रशिक्षणमा उनी आफैँ सरकि थिए, जसमा उनले सहभागीहरूलाई जातीय सद्भाव कायम राख्न र कुनै प्रलोभनमा लागेर धर्म परविर्तन नगर्न आग्रह गर्नुका साथै धर्म परविर्तन गरेकाहरूलाई ध्यान साधनामा लगाउन उत्प्रेरति गरे।
०५४ सालमा नेपालमा स्थापना भएको आर्ट अफ लिभिङ्को सञ्जाल थप विस्तार गरँिदै छ। हाल काठमाडौँ, विराटनगर, पोखरा, वीरगन्ज, भैरहवालगायत सहरमा जिल्ला समिति रहेको यो संस्थाको थप १० जिल्लामा संगठन विस्तार हँुदै छ। विशेष गरी ध्यानमा जोड दिए पनि यो संस्था हिन्दु धर्म, दर्शनसँगै जोडिएको छ। त्यसैले रविशंकरले आफ्नो पाँचाँै भ्रमणका क्रममा पनि नेपालको पहिचान हिन्दु राष्ट्र नै भएकाले त्यसलाई जोगाउनुपर्नेमा जोड दिएका हुन्। तर, उनले नेपाललाई राजासहितको हिन्दु राष्ट्र कायम गराउन खोजेका हुन् वा गणतान्त्रिक हिन्दु राष्ट्र भन्ने कुरामा चाहिँ मुख खोलेनन्। यद्यपि, उनले नेपालीको नाडी छाम्ने काम भने गरे, विभिन्न खाले भेटघाटमार्फत।
नेपालको विगतका संविधानमा हिन्दु राष्ट्र भनी लेखिए पनि अन्तरमि संविधान, २०६३ मा राज्यलाई धर्मनिरपेक्ष कायम गरिएपछि भारतबाट नेपाल आउने आध्यात्मिक गुरु तथा धार्मिक नेताहरूको आवागमन जुन रूपमा बाक्लिँदै छ, त्यही रूपमा उनीहरू आबद्घ संस्थाहरूको नेपालमा शाखा खोल्ने वा भइरहेको संस्थालाई सक्रिय बनाउने अभियानले पनि तीव्रता पाएको छ। आध्यात्मिक गुरु कपिल अद्वैत अर्थात् पाइलट बाबाको वल्र्ड पिस फाउन्डेसन पनि त्यसैमध्ये एक हो। पटक-पटक नेपाल आएका पाइलट बाबाको उक्त फाउन्डेसन स्थानीय गैरसरकारी संस्थाको रूपमा ०६५ सालमा दर्ता गरिएको हो। 'क्रियायोगको माध्यमबाट ध्यान साधना गरेर आफ्नो गन्तव्य पहिल्याउने' मूलमन्त्र भएको यो संस्थाको सक्रियता पाइलट बाबाको नेपाल भ्रमणको क्रममा बढी देखिन्छ। बुद्घनगरमा सम्पर्क कार्यालय रहेको यो संस्थाले एभरेस्ट नर्सिङ् होमका सञ्चालक डा रामप्रसाद पोखरेल दम्पतीको सक्रियतामा भक्तपुरको गुन्डुमा पाइलट बाबा कायाकल्प पीठसमेत निर्माण गरसिकेको छ, जसको शिलान्यास स्वयं पाइलट बाबाले नै गरेका थिए, ०६४ मा।
रविशंकरजस्तै पाइलट बाबाले पनि नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने कुरा खुलेर बोलेका छन्। उनले नेपाल भ्रमणका क्रममा काठमाडौँ मात्र नभई पोखरा, लुम्बिनी र जनकपुर भ्रमण गरेर जनमत बुझ्ने प्रयास गरेका थिए। उनले राजतन्त्रका सम्बन्धमा जनताले निर्णय गर्नुपर्ने बताउँदै आएको उनका एक निकटस्थ अनुयायी, जो सेवानिवृत्त उच्च सरकारी अधिकारी पनि हुन्, बताउँछन्। कुनै बेला भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग नजिक रहेका पाइलट बाबाले गान्धीको निधनपश्चात् भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीसँग निकटता गाँसेका हुन्। त्यो सम्बन्ध आजपर्यन्त कायम छ। उनीसँगको निकटताले भाजपासँग सम्बन्ध बनाउन सकिने र उनले बाँड्ने गरेको रुद्राक्षको मालाले आकस्मिक दुर्घटनाबाट जोगिने विश्वासमा उनीबाट दीक्षा लिनेहरूको लामै लर्को छ, नेपालमा।
पछिल्लोपटक उनी २६ कात्तिक ०६५ मा तीनदिने नेपाल भ्रमणमा आएका थिए, भक्तहरूलाई आशीर्वाद दिन भन्दै। त्यतिबेला उनलाई तत्कालीन प्रधानमन्त्री प्रचण्डदेखि उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमसम्मले भेटेका थिए। त्यही भेटपछि उनलाई प्रचण्ड र तत्कालीन माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले नयाँ बानेश्वरस्थित होटल एभरेस्टबाट रातको ११ बजे निजी नम्बर प्लेटको एउटा गाडीमा बालुवाटारस्थित प्रधानमन्त्री निवास लगेका थिए। उनी बिहान ३ बजे मात्र होटल फर्किएका थिए। उनी कुन प्रयोजनका लागि बालुवाटार गएका थिए भन्ने अहिलेसम्म खुलेको छैन।
उनीनिकट स्रोतका अनुसार पछिल्लो समय आफ्नो संस्थालाई काठमाडौँमा मात्र सीमित नराखी देशव्यापी रूपमा विस्तार गर्न चाहन्छन् उनी। त्यसो त पोखरामा कांग्रेसका स्थानीय नेता शुक्रराज शर्मा र जनकपुरमा डा विजय सिंहको सक्रियतामा शाखा विस्तार भएको छ। कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले आफ्नो निधनअघि यिनै पाइलट बाबासँग दीक्षा लिएका थिए। स्वर्गीय भट्टराईनिकट स्रोतका अनुसार उनले भट्टराईसँगको अन्तरंग कुराकानीमा अन्तरमि संविधानबाट हिन्दु राष्ट्र हटाएर नेपालले आफ्नो भविष्यमाथि आफँैले बन्चरो हानेको बताउँदै यसमा नेपालबाट हिन्दु धर्मलाई विस्थापित गर्ने दीर्घकालीन रणनीतिले काम गरेको प्रतिक्रिया दिएका थिए। यसका विरुद्घ आफ्नो फाउन्डेसन नेपालमा सक्रिय हुन खोजेको र त्यसका लागि सहयोगको अपेक्षा राखेको बताएका थिए।
भट्टराईसँगको त्यही सम्बन्धले पनि उनलाई नेपालमा आफ्नो एजेन्डा अघि सार्न सजिलो भएको बुझ्न कठिन छैन। उनको सक्रियताको अर्को कारण नेपालमा बढ्दै गइरहेको धर्म परविर्तनको मुद्दा पनि हो। हिन्दुलाई अन्य धर्ममा लैजान भइरहेका प्रयासलाई रोक्ने अभियानमा सघाउ पुर्याउने उद्देश्यले पनि पाइलट बाबाको संस्था नेपालमा सक्रिय रहेको कतिपयको बुझाइ छ।
कृपालुजी महाराज ः रविशंकर र पाइलट बाबाजस्तै ध्यान साधनाले नेपालीहरूलाई प्रशिक्षित गर्ने अभियानमा सक्रिय अर्को संस्था हो, श्री राधा माधव समिति नेपाल। नेपालमा सात वर्षदेखि सक्रिय भारतीय आध्यात्मिक गुरु कृपालुजी महाराजको शिक्षा, दर्शन र साधना पद्घतिलाई जनस्तरमा पुर्याउने भनी क्रियाशील रहेको यस संस्थाको भक्तपुरको ठिमीमा श्यामा श्यामा धाम नामक मुख्य आश्रम छ भने समिति अन्तर्गत काठमाडाँैलगायत देशका विभिन्न भागमा झन्डै दुई दर्जन सत्संग केन्द्र छन्।
बाबा रामदेव : यिनी भारतमा जति चर्चित छन्, नेपालमा पनि त्यसभन्दा कम छैनन्। विशेष गरी आफ्नो योग साधना र मानिसको जीवनशैलीका बारेमा दिएका सल्लाहले एकताका निकै प्रभाव पार्यो, अझै पाररिहेकै छ। उनै रामदेवको भारतको हरिद्वारमा रहेको पतञ्जलि योग पीठले सात वर्षअघि १७ नेपालीलाई हरिद्वारमा बोलाएर योग प्रशिक्षणको तालिम दियो। त्यसको अर्को वर्ष नेपालमा पतञ्जलि योग समिति गठन भयो। अहिले यो समिति अन्तर्गत तीनवटा संस्थाले नेपालमा काम गररिहेका छन्। पतञ्जलि योग पीठले भौतिक संरचना निर्माणमा काम गररिहेको छ भने अर्को पतञ्जलि आयुर्वेद केन्द्रले नेपालमा औषधी बिक्री गर्छ। अर्को पतञ्जलि योग समिति अन्तर्गत महिला पतञ्जलि योग समिति र युवा पतञ्जलि योग समिति क्रियाशील छन्। यसले संगठन विस्तार र योग शिक्षक तयार गर्नेदेखि योग शिविर सञ्चालन गर्नेसम्मका काम गर्दै आएको छ। यसले ७५ वटै जिल्लामा आफ्नो संगठन विस्तार गरेको छ। यसका देशभरि १५ वटा स्वास्थ्य सेवा केन्द्र र २५ स्थानमा आरोग्य केन्द्र छ, जसले पतञ्जलि योग पीठ हरिद्वारबाट उत्पादित औषधीबाहेकका खाद्य पदार्थ बिक्री गर्छ। काठमाडौँको मण्डिखाटारमा यसको केन्द्रीय आश्रम छ।
नेपाल भ्रमणका क्रममा दुवैपटक उनी राष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रमुख राजनीतिक दलका नेताहरूसँगका भेटमा सक्रिय देखिए। भेटमा अन्य आध्यात्मिक गुरुजस्तै उनले पनि नेपालमा भइरहेको धर्म परविर्तनप्रति चिन्ता प्रकट गरे भने नेपाललाई हिन्दु राष्ट्र घोषणा गरेर विश्वकै हिन्दुहरूको केन्द्र थलो बनाउन सकिने बताएका थिए। उनको नेपालस्थित पतञ्जलि युवा योग समितिले १६ फागुनमा काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममार्फत हिन्दु धर्मलाई जोगाउन र धर्म परविर्तन हुन नदिनका लागि योग साधना र ध्यानमार्फत काम गर्न देशव्यापी अभियानमा संलग्न हुने निर्णय नै गरसिकेको छ।
देशभरिबाट जम्मा भएका करबि डेढ सय योग प्रशिक्षकहरूलाई त्यस क्रममा योग मात्र सिकाउने नभई वेद, गीता, उपनिषद् र पुराणहरूको आधुनिक व्याख्या गर्न र धर्म परविर्तनलाई रोक्न निर्देशन नै दिइएको थियो। यद्यपि, महिला पतञ्जलि योग समितिकी राष्ट्रिय अध्यक्ष हेमा ढुंगाना आफ्नो संगठनले हिन्दु धर्मको प्रचारलाई मुद्दा नबनाएको दाबी गर्छिन्। भन्छिन्, "हाम्रो साधना पद्घति हिन्दु धर्मकै वैदिक परम्परा, वेद, उपनिषद्, गीताजस्ता शास्त्रमा आधारति छ। योग साधना नै हिन्दु धर्मबाट आएको हो। तर, हामीले जुनसुकै धर्म र वर्गका मानिसलाई योग साधनामा आबद्घ गराउँदै आएका छौँ।" त्यसो त रामदेव स्वयंले पनि नेपाल भ्रमणका क्रममा नेपालमा प्रत्येक हिन्दुहरूको घरमा तुलसीको मठमा पूजा गर्ने र गाई पुज्ने चलनले आफूलाई मोहित बनाएको बताएका थिए।
कालीबाबा : पूर्वप्रधानसेनापति गडुलशमशेर जबरा अध्यक्ष रहेको काठमाडौँको कालोपुलस्थित श्री कालिका साधना आश्रम नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने मात्र होइन, राजतन्त्र नै फर्काउने अभियानमा छ। ०६२ सालमा दर्ता भएको यो धार्मिक संस्थाका प्रमुख कालीबाबा -कालीदास दाहाल) आसामको तीनसुकियामा बस्ने नेपाली हुन्। भारतको हरियाणामा शिवशक्ति बाबा कालीदास धाम ट्रस्ट सञ्चालन गररिरहेका यी बाबाको नेपालका पाँचवटै विकास क्षेत्रमा सम्पर्क कार्यालय छ।
०६६ मंसिरमा पोखरा, वीरगन्ज, जनकपुर, झापालगायत सहरमा भ्रमण गरेर हिन्दु धर्म र राजतन्त्रको पक्षमा वकालत गर्दै धर्म परविर्तन गराउने समूहमाथि धावा बोलेका यी बाबाले ०६६ मंसिरमा पशुपतिनाथ मन्दिर परसिरमा सहस्र रुद्रचण्डी अखण्ड महायज्ञ गरेका थिए, जसका संयोजक हरिबोल भट्टराई थिए। उक्त यज्ञमा राजनीतिक नेतृत्वदेखि समाजका लब्धप्रतिष्ठित भनिएका व्यक्तिहरू पनि सहभागी थिए। यसको डेढ वर्षपछि पनि उनले त्यस्तै यज्ञ गरे, सोही ठाउँमा। गत पुसमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको रथयात्राको उद्घाटन गर्न पुगेका यी तिनै बाबा हुन्, जसले विगतमा राजतन्त्र जोगाउने भन्दै विभिन्न हवन पनि गरेका थिए।
नेपालमा भइरहेको धर्म परविर्तन र आगामी संविधानमा हिन्दु राष्ट्रको पक्षपोषण गर्ने अभियानमा नेपाल छिरेका अर्का पात्र हुन्, सतपालजी महाराज अर्थात् सतपाल रावत। आध्यात्मिक गुरु कम राजनीतिक व्यक्तित्व बढी भएका यिनको गौशालामा सम्पर्क कार्यालय छ। कांग्रेस आईका केन्द्रीय सदस्य रहेका यिनी भारतीय लोकसभाका सदस्य पनि हुन्। उनी काठमाडौँको गौशालामा नेपाल मानव उत्थान सेवा समिति गठन गरेर धर्म परविर्तन रोक्न र हिन्दु राष्ट्रको पक्षपोषण अभियानमा सक्रिय हुन खोज्दै छन्। बाइजी भनिने भारतीय महिलाहरू सक्रिय रहेको उनको नेपाल अभियान झापा, इटहरी, सर्लाही र महोत्तरीसम्म पुगेको छ।
स्वामी चन्दे्रश : यस्तै अभियानमा लागेका अर्का व्यक्ति हुन्, स्वामी चन्द्रेश। बूढानीलकण्ठमा आश्रम खोलेर बसेका यी भारतीय आध्यात्मिक गुरु नेपाललाई विगतमा जस्तै विश्वकै एक मात्र हिन्दु राष्ट्र कायम गर्नुपर्ने अभियानमा छन्। २५ वर्षदेखि यस अभियानमा संलग्न यी स्वामीले गरबि बालबालिकालाई निःशुल्क शिक्षा दिएर सनातन हिन्दु दर्शन र साधना पद्धति सिकाउँदै आएका छन्।
यति मात्र होइन, भारतका दर्जनाँै गुरुहरू कुनै न कुनै रूपमा धर्म परविर्तन रोक्ने र आगामी संविधानमा नेपाल हिन्दु राष्ट्र कायम राख्ने अभियानमा छन्। "गुरुजी -रविशंकर)ले नेपालमा जातीय सद्भाव खलबल्याउन खोजिएको, धर्म परविर्तन अभियान तेज गरएिको र नेपालको परचिय बनेको सनातन हिन्दु पहिचान मेट्न खोजिएकामा त्यसलाई रोक्न अभियान थाल्ने घोषणा गर्नुभएको छ," आर्ट अफ लिभिङ्, नेपालका अध्यक्ष सन्तोष शर्मा भन्छन्, "राजनीतिमा अध्यात्म जोड्न सके र युवाहरू जागरण अभियानमा सक्रिय भए यस्ता समस्या स्वतः हट्ने भएकाले गुरुजीले यसपटक राजनीतिक नेतृत्व र युवाहरूसँगको भेटमा आफूलाई व्यस्त राख्नुभयो, समृद्घ नेपालका लागि स्वयंसेवक अभियान यसैको एउटा कडी हो।"
माओवादी र धर्मान्तरण
नेपालमा भारतीय आध्यात्मिक गुरुहरूको आवश्यकता किन पर्यो त ? विशेष गरी नेकपा माओवादीले आफ्नो दसवर्षे सशस्त्र विद्रोहका क्रममा हिन्दु धर्ममाथि धावा बोल्यो। हिन्दुहरूले आस्थापूर्वक पुज्ने गाई काट्नेदेखि मन्दिर भत्काउने, मन्दिरमा फोहोर गर्ने, संस्कृत पाठशालाहरूमाथि क्षति पुर्याउने र हिन्दु पण्डित, पुरोहितहरूमाथि भौतिक आक्रमण गर्नेसम्मका काम भएपछि धर्म परविर्तन गराउन चाहनेहरूका लागि यसले मलजलको काम गर्यो। त्यही क्षतिलाई पूर्ति गर्न पनि भारतीय आध्यात्मिक गुरुहरूको नेपाल भ्रमण बाक्लिँदै गएको बुझ्न कठिन छैन।
नेपालले प्राचीनकालदेखि नै स्वतन्त्र राष्ट्र मात्र नभई विश्वकै एक मात्र हिन्दु राष्ट्रको रूपमा आफ्नो पहिचान बनाएकामा पछिल्लो समय यही पहिचान मेटाउने र हिन्दु धर्मावलम्बीहरूको धर्म परविर्तन गराउने अभियान सुरु हुनु विडम्बनापूर्ण भएको बताउँछन्, जगतगुरु अनन्त श्री बालचन्द्र मोहनशरण देवाचार्य। भन्छन्, "जुन दिन नेपालको अन्तरमि संविधानमा धर्मनिरपेक्षता कायम गरी हिन्दु राष्ट्र हटाइयो, त्यो दिन नर्वे र भ्याटिकन सिटीमा दीपावली भयो, त्यो किन भयो, सबैले बुझेका छन् ।" उनको भनाइमा भारतमा पनि सबै धर्माचार्य तथा आध्यात्मिक व्यक्तित्वहरू नेपाल हिन्दु राष्ट्र होस भन्ने चाहन्छन्। अझ कतिपय भारतीयलाई त अहिले पनि नेपाल हिन्दु राष्ट्रबाट धर्म निरपेक्ष भइसकेको थाहा छैन। भन्छन्, "त्यसैले गुमेको पहिचान पुनःस्थापित गर्ने अभियानमा हामी र भारतीय धर्माचार्य तथा आध्यात्मिक गुरुहरू मिलेर काम गररिहेका छाँै।"
आध्यात्मिक एवं धार्मिक गुरुहरूको विश्वासमा हिन्दु धर्म सम्प्रदायले नेपालमा आदिवासी, जनजाति तथा दलित समुदायलाई आफ्नो धर्मभित्र समेट्न नसकेको मात्र होइन, यसलाई कर्मकाण्डी, अन्धविश्वासी र अवैज्ञानिकजस्तो बनाइदिएकाले नयाँ पुस्ताका हिन्दु धर्मावलम्बीहरूसमेत सीमान्तकृत हुँदै गएका छन्। र, त्यसको परिणाम धर्म परविर्तन हुँदै आएको छ। ओशोधारा मैत्री संघका अध्यक्ष आचार्य ओशो मैत्रेय भारतीय आध्यात्मिक गुरुहरूले नेपालका राजनीतिक नेतृत्वलाई आफ्नो प्रभावमा पारेर आफ्नो एजेन्डा स्थापित गर्न खोजिरहेको कुरालाई अस्वाभाविक मान्दैनन्। तर, धर्म परविर्तन तथा हिन्दु राष्ट्रको अभियानमा लाग्नुभन्दा हिन्दु धर्ममा भएका विकृतिमा सुधार आवश्यक रहेको बताउँछन्। भन्छन्, "सनातन साधनाका पद्धति, अध्यात्मको परम्परा र संस्कृतिसँग नजोडेसम्म हिन्दु धर्ममाथि समस्या आइरहन्छ, युवा पुस्तालाई यसमा कुनै आकर्षण पनि रहँदैन।"
यही कारण हुन सक्छ, ती गुरुहरूका आध्यात्मिक कार्यक्रममा हिन्दु धर्मबाट विकषिर्त भएका समुदायको उपस्थिति देखिन थालेको छ। कतिसम्म भने धर्म परविर्तन गरेका युवालाई आफ्नो साधना कार्यक्रममा बोलाएरै रविशंकरले आफ्नो संस्थामा आबद्घ गराउन प्रयत्न गरे, यसपटकको भ्रमणका दौरान।
हिन्दु धर्मको साइनबोर्ड मात्र राख्ने तर हिन्दु धर्मावलम्बीहरूलाई मूलधारमा जोडिरहन नसक्ने र व्यक्तिगत लाभका लागि धार्मिक संस्था खोल्ने क्रमले पनि केही हिन्दुहरू धर्म परविर्तनको मार्गमा गएको आध्यात्मिक गुरुहरूको बुझाइ छ। परिणाम स्वरूप हिन्दुत्वबारे बहस नै हुन सकेको छैन। बरू उल्टो हिन्दु धर्मको संरक्षण गर्ने दाबीका साथ स्थापना गरिएका विश्व हिन्दु महासंघलगायत नेपालका विभिन्न धार्मिक संगठनहरू अनेक नाममा विभाजित देखिन्छन्।
हिन्दु धर्म धेरै कर्मकाण्डी भएको र पूजा-आराधनाले मात्र धर्म परविर्तन गर्नेहरूलाई रोक्न नसकेको बुझेका छन्, यी भारतीय आध्यात्मिक गुरुहरूले। त्यसैले ध्यान, योग, समाजसेवा र जीवनशैलीमा परविर्तन ल्याएर तत्कालका लागि नेपालमा भइरहेको धर्म परविर्तनलाई रोक्ने मिसनमा छन् उनीहरू। धर्म परविर्तनलाई रोक्न सके मात्र आगामी संविधानमा धर्म निरपेक्षता हट्ने र हिन्दु राष्ट्र कायम हुने उनीहरूको बुझाइ छ। यस्ता गुरुहरूका लागि भारतपछि नेपाल संसारमै सबैभन्दा बढी मलिलो र सजिलो भूमि पनि हो। त्यही कारण आफ्ना मान्यता स्थापित गर्न उनीहरूको लर्को लागेको भनेर बुझ्नु अन्यथा हुँदैन।
(आवरण तस्बिर : नरेशदेव पन्त)
र, यी पनि
सन्तोष आचार्य,, नेपाल
