महिनाअघिसम्म म कीर्तिपुरमा बस्थेँ। साँझपख जब कलेज/अफिस सकेर घर जानुपथ्र्यो, मानिसको चापले माइक्रोबसमा झुन्डिन पाउनु नै ठूलो भाग्यजस्तो हुन्थ्यो। त्यसरी त पहिले पनि झुन्डिरहेकै हो। तर, डक्टर मार्टिनसँग झुन्डिँदा भने ब्रान्डकै खिल्ली उडाएजस्तो भयो।
कामका सिलसिलामा हालैको एक बिहान चाबहिल पुगेर नयाँबानेश्वर र्फकंदै थिएँ। बसमा यस्तो भीड थियो कि चाहेर पनि बाहिर निस्कन नसक्ने भएँ। एउटा जुत्ता माइक्रोबसमा र एउटा हावामा झुन्डिनुसम्म त ठीकै थियो। त्यस दिन मानिसहरूले यति नमज्जाले मेरो डक्टर मार्टिन कुल्चिँदै ओहोरदोहोर गरे कि म रुन मात्र सकिनँ। लाग्यो, देशै अस्तव्यस्त भएपछि आफूसँग राम्रो चीज हुनुको पनि अर्थ रहेनछ।
- प्रदीप बस्याल नेपाल
