निर्माता रमेश संबेदनाका अनुसार नेपालमा प्रदर्शनमा आएको केही महिना पछि भारतिय चर्चित २ टेलिभिजन सोनी र जीटीभीमा ‘नाइन ओ क्लक’ प्रशारण हुनेछ। यस्तै यो चलचित्रको
विभिन्न देशको प्रदर्शन मिति पनि तय भएको छ। चलचित्र मार्च महिनाको १५, १६ र १७ तारिखमा लण्डनमा प्रदर्शनमा आउने निर्माता संवेदनाको भनाई छ। चलचित्रको मलेसिया प्रदर्शन पनि पक्का भएको छ। भर्खरै मात्र मलेसिया पुगेर आएका निर्माता संवेदनाले भने, ‘मलेसियाका लागि भीसीडी र शो अधिकारी विक्री भएको छ।’ उनले १७ लाखमा भीसीडी र प्रदर्शन अधिकार विक्री गरेको बताए।
चलचित्रको मलेसियाको सम्पुर्ण अधिकार पदमबहादुर सिंहले खरिद गरेका हुन्। यस्तै चलचित्र मार्च २४ मा हङकङमा प्रदर्शन गरिने छ। बाबुराम ढकालको निर्देशनमा तयार भएको यो सिनेमामा सुमिना घिमिरे, ध्रुव दत्त लगायतका कलाकारको अभिनय छ

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !