काठमाडौ, चैत्र ५ - सामसङको विश्व बजारमा लोकपि्रय स्मार्ट फोन ग्यालेक्सी ग्रान्ड नेपाली बजारमा बिक्री सुरु भएको छ । सामसङ मोबाइलको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सभिसेज (आईएमएस) ले शनिबार साँझ आयोजना गरेको भव्य कार्यक्रममा
उद्योग वाणिज्य संघका अध्यक्ष सुरज वैद्य, आईएमएसका प्रमुख अध्यक्ष दीपक मलहोत्रा, अध्यक्ष डिकेश मलहोत्रा तथा प्रमुख कार्यकारी अधिकृत विशाल आचार्यले संयुक्त रूपमा उक्त स्मार्टफोन सार्वजनिक गरे ।
मोबाइलमा आएको पछिल्लो प्रविधिका सबै उच्चस्तरीय सुविधा उपलब्ध यस सेटमा दुई वटा जीएसएम सिम लाग्छ । दुई सिम लाग्ने यस सेटमा एन्ड्रोइड ओएसको पछिल्लो सस्करण जेलिबिन ४.१.२ प्रयोग गरिएको छ । पाँच इन्चको ठूलो स्त्रिmन रहेको यस सेटमा ८ मेगापिक्सेलको मुख्य क्यामेरा छ ।
त्यस्तै अगाडिपट्टि पनि २ मेगापिक्सेलको क्यामेरा छ । यसमा मल्टी विन्डो सुविधा भएकाले एउटा एप्स चलाइरहेका बेला त्यसलाई बन्द नगरी अर्को चलाउन सकिन्छ । ट्याब्लेट र उच्चस्तरीय स्मार्ट फोनको फ्युजनका रूपमा यसलाई बजारमा ल्याएको अध्यक्ष दीपकले बताए ।
प्रमुख अध्यक्ष मलहोत्राले नेपाली बजारमा भित्रने सामङका सेट परीक्षण गरेर यहीँकै लागि उत्पादन गरिने भएकाले नेटवर्कलगायत समस्या नहुने बताए
--ईकान्तिपुर
