CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » डिप पर्पलको कन्सर्ट नहुनुको रहस्य खुल्यो, टिकटको पैसा फिर्ता कहिले ?

डिप पर्पलको कन्सर्ट नहुनुको रहस्य खुल्यो, टिकटको पैसा फिर्ता कहिले ?


deepबेलायती रक ब्यान्ड डिप पर्पलको कन्सर्ट गत चैत २ गते शुक्रबारका दिन हुने भनी कम्ता प्रचार गरिएको थिएन। पत्रपत्रिकामा यसैका कुरा छापिन्थे, सहरमा होर्डिङ बोर्ड, पोस्टर यसैका छाएका थिए। तर कन्सर्ट हुने दुई दिन अघि अचानक कन्सर्ट स्थगित भो भनियो। ५ सयदेखि १० हजार रुपियाँसम्मको टिकट काटेर पर्खिबसेकाहरु हिस्सै परे। किन हुन नसकेको त कन्सर्ट ? आयोजक ओडिसी इन्टरनेसनलका
सिइओ सिमान्त गुरुङले मिडियालाई भने- ‘पछिल्ला दिनमा बन्द-हड्ताल भैरहेकाले पनि कार्यक्रम स्थगित हुन पुगेको हो।’
हामीले पनि हो भन्ठान्यौँ। तर उनीहरुले त ढाँटेका पो रहेछन्। कन्सर्ट नहुनुको कारण त अर्कै पो रहेछ। डिप पर्पल आफैले वक्तव्य निकालेपछि पो कन्सर्ट हुन नसक्नुको रहस्य खुल्यो त। 
बन्द हड्तालका कारण डिप पर्पल आउन नमानेको भन्ने आयोजकको भनाईलाई खण्डन गरे फ्रन्टम्यान इयान गिलानले। डिप पर्पलले आँधी, हुरी, भूकम्प दङ्गा कुनै पनि कठिनाईलाई सामना गर्दै कन्सर्ट गर्न सक्षम रहेको बताए उनले।
उनका अनुसार कार्यक्रम गर्नका लागि जुन एजेन्सीले उनीहरुको व्यवस्थापनसँग कुरा गरेको थियो, उसले सबै वचन तोडे। अन्तिम समयसम्म पनि उनीहरुले वचन पूरा गरेनन्।
खासमा एजेन्सी दुबईको ट्यालेन्ट ब्रोकरले उनीहरुलाई पैसा दिएका रहेनछन्। खाली पैसा दिन्छु दिन्छु भनेर आश्वासन मात्रै दिएर बसेछन्। सो हुनुअघि नै रकम डिपोजिट गर्न नसकेपछि उनीहरु नेपाल नआएका रहेछन्। तर यहाँ भने आयोजकहरुले बन्दहड्तालका कारण नआएको भनेर ढाँट्दै बसे। अझ वैशाख १३ गते हुने भन्दै ढाँट्दै पनि बसे।
डिप पर्पलको विज्ञप्तिले उनीहरुको ढाँटको खुलासा भइसकेको छ। अब कन्सर्ट हेर्न टिकट किनिसकेकाहरुलाई आयोजकले क्षतिपूर्ति दिन्छ कि त्यसमा पनि कुनै कुराले ढाँटको व्यापार गर्दै बस्छ, हेर्न बाँकी छ।
डिप पर्पलको विज्ञप्तिको अंश-
“Deep Purple are deeply concerned that fans may feel that the band have let them down, and that those who bought tickets may not have been refunded. The band wish to make it abundantly clear they were ready, willing and able to come to Nepal. Nevertheless, in view of Talent Brokers’ failure to comply with its payment obligations under the contract, the band had had no alternative but to withdraw from the performance.”
= By mysansar

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis