CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अश्लीलताको पराकाष्ठा ‘बर्बाद’ , सच्याएर पुन: सेन्सरमा

अश्लीलताको पराकाष्ठा ‘बर्बाद’ , सच्याएर पुन: सेन्सरमा


jiya-kc-gk-sharma-barbad-ph

काठमाडौं : नेपाल चलचित्र सेन्सर बोर्डले अश्लीलताको पराकाष्ठा भन्दै ‘बर्बाद’लाई सेन्सरमा रोक लगाएको छ । सेन्सरले रोकेपछि चलचित्र सच्चिएर पुन: सेन्सरमा पठाइने भएको छ ।
हालै राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी चलचित्र युनिटले सेन्सरमा सच्चिएर पुन: जाने जानकारी गराएको हो । चलचित्रमा केही दृश्य सेन्सरले काट्ने खालका भए
पनि ८० प्रतिशत दृश्य सेन्सरले काट्ने खालका नभएको निर्माण युनिटले जानकारी गराएको छ । ‘चलचित्रमा केटाले शरीर देखाएको दृश्यलाई पनि सेन्सरले अश्लील भनेको छ । त्यसमा हामी निर्माणपक्षको आपत्ति छ, चलचित्रमा रहेका केही आपत्तिजनक दृश्यमा भने हाम्रो केही विरोध छैन’, निर्माता जिके शर्मा भने । चलचित्र यत्तिकै अड्काउनुभन्दा लगानीलाई सुरक्षित गर्न आपत्तिजनक दृश्य सच्याएर पुन: सेन्सरमा लैजाने तयारीमा आफूहरू लागेको निर्माणपक्षले जानकारी गराएको छ ।
सेन्सर बोर्डले चलचित्रका ८० प्रतिशतभन्दा बढी दृश्यहरू अश्लील भएकाले ती दृश्य नहटाए सेन्सर हुँदैन भन्दै चलचित्रलाई फर्काएको हो ।
कार्यक्रममा चलचित्रकी नायिका जीया केसीले आºनो अभिनय समेटिएकै कारण सेन्सरले चलचित्र रोकेको आरोप लगाइन् । उनले भनिन्, एटिएममा आफूले गरेको अश्लील अभिनयको असर यस चलचित्रलाई पनि परेको हो । चलचित्र एटिएमजस्तो अश्लील नभएको उनले बताइन् ।
गत २३ गते शुक्रबार चलचित्र रिलिजको तयारीमा थियो तर सेन्सर हुन नसकेका कारण सो मितिमा चलचित्र रिलिजमा आउन सकेन ।
जिके शर्मा, जीया केसी र गणेश गिरी आदिको अभिनय चलचित्रमा रहेको छ । श्रीमान्को मायाबाट वञ्चित नारीका कथालाई चलचित्रको विषयवस्तु बनाइएको छ । यसलाई रिम विश्वकर्माले निर्देशन गरेका हुन् । दिनेश अधिकारी, रमेशकुमार पाठक तथा निरञ्जन सञ्जेलको संयुक्त लगानीमा निर्माण भएको यस चलचित्रले अश्लील दृश्यका कारण छायांकनकै समयमा आलोचना खेपेको हो । यसअघि यस्तै दृश्य समेटिएको चलचित्र एटिएमको प्रर्दशनमा पनि रोक लागेको छ ।
साभार : सौर्य दैनिक 
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis