CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » 'प्रेसिडेन्ट कप जित्ने लक्ष्य: थ्रीस्टारको

'प्रेसिडेन्ट कप जित्ने लक्ष्य: थ्रीस्टारको


तेस्रो पटक शहीद स्मारक 'ए' डिभिजन लिग विजेता बन्दै रु.७५ लाख पुरस्कार जितेको थ्रीस्टार क्लबका अध्यक्ष ललितकृष्ण श्रेष्ठ भन्छन्, “थ्रीस्टारको अबको लक्ष्य वैशाख अन्तिम साता काठमाडौंमा हुने प्रेसिडेन्ट कप जित्ने हो।”
लिग फूटबल जित्दा कस्तो महसूस भएको छ?

खेलाडी, प्रशिक्षक र सबै साथीहरूको मिहिनेत र कठोर परिश्रमले यो नतिजा आएको हो। यो जितले थ्रीस्टारलाई अझै मिहिनेत गर्न हौस्याएको छ।
लिग जित्नुको कारण के हो?
थ्रीस्टार लिगको सशक्त दाबेदार थियो नै। तर, फूटबलमा जितका लागि धेरै कुराको संयोजन हुनु आवश्यक छ। दक्खल भएका खेलाडीको मिहिनेतले नै हो, उत्कृष्ट प्रदर्शन हुने। तर, प्रशिक्षक तथा व्यवस्थापनको संयोजन विना त्यो सम्भव हुँदैन र त्यसो नहुँदा जित पनि सम्भव हुँदैन। किनभने, फूटबल टीम वर्क हो। त्यसपछि पनि आवश्यक हुन्छ, टीमलाई हौसला दिने दर्शकको। हामीसँग ती सबै भएकाले नै जित सम्भव भयो।
क्लबको अबको लक्ष्य?
वैशाख अन्तिम साता नेपालमा हुने एएफपी प्रेसिडेन्ट कपमा उत्कृष्ट प्रदर्शन गरेर उपाधि जित्ने हाम्रो प्रयास रहन्छ। सन् २००५ मा थ्रीस्टारले त्यो कपको फाइनलसम्मको यात्रा गरेको थियो। हामी अहिले व्यक्तिगत सहयोग, सहयोग संकलन कार्यक्रम, प्रायोजन तथा पुरस्कारको रकमबाट चलिरहेका छौं। आयको माध्यमलाई दिगो बनाउने तथा उत्कृष्ट व्यवस्थापनमार्फत फूटबलको स्तर उकास्ने हाम्रो प्रयास छ।
यस्तो लिगले नेपाली फूटबलको स्तर उकास्न सहयोग पुर्‍याउला?
यस्ता आयोजनाहरू फूटबलको विकास र विस्तारका लागि मेरुदण्ड नै हुन्। आयोजनाहरूले क्लबहरूबीचको स्वच्छ प्रतिस्पर्धा बढाउँछ भने खेलाडीहरूलाई पनि चुस्त र प्रतिस्पर्धी बनाउँछ। खेलाडीहरूको भविष्यको सुनिश्चितताका लागि यस्ता खेल आयोजनाहरू स्वर्णिम अवसर हुन्। सबै कोणबाट हेर्दा यस्ता आयोजनाले फूटबल स्तर उकास्न सहयोग पुर्‍याउँछ भन्न सकिन्छ।
नेपालको फूटबल स्तर उकास्न के गर्नुपर्ला?
देशमा अहिले एउटा मात्र रंगशाला छ। फूटबलको विकासका लागि पूर्वाधार विकास पूर्वशर्त हो। रंगशाला, तालीम, मैदान जस्ता पूर्वाधार विकास आवश्यक देख्छु।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis