यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिनलाई लिने परीक्षा प्रणालीमा निकै ठूलो परिवर्तन गरेको छ। क्रान्तिकारी परिवर्तन भन्दा हुन्छ। मोटरसाइकल, स्कूटरको लाइसेन्स लिनलाई पहिला नागबेली आकारमा पाँच वटा डण्डी घुमाउनु पर्थ्यो। कुन चाहिँ विद्वानको बुद्धि हो कुन्नि, त्यस्तो नागबेली बाटो वास्तविक जीवनमा कहाँ हुन्छ कुन्नि- वर्षौँदेखि यस्तै ट्रायल हुँदै आउँदै थियो। त्यस्तो बाटो त वास्तविक जीवनमा कतै हुन्न थियो, तर कहिलेकाहीँ केटाहरुले
पछाडि केटी राखेर त्यस्तै नागबेली आकारमा बाइक कुदाएको भने देखिन्थ्यो। अब भने नागबेली आकार हैन, अंग्रेजीको 8 आकारमा मोटरसाइकल, स्कूटर घुमाउनु पर्नेछ। अझ त्योभन्दा फरक त, आफ्नै गाडी वा बाइकले ट्रायल दिन्छु भन्दा पनि तपाईँ पाउनु हुन्न अब। त्यहाँ भएकै गाडी/बाइक चलाएर तपाईँले ट्रायल दिनुपर्नेछ। आफ्नो सवारी साधन लैजानै निषेध छ।अब त ट्रायल दिने ठाउँमा जाने, पैसा तिर्ने, अनि त्यहीँ भएको बाइक वा गाडी चलाउने। मोटरसाइकल लिन ४७ रुपियाँ तिर्नु पर्नेछ। स्कूटरलाई ४६ रुपियाँ तिरे पुग्छ। कार चलाउन ९३ रुपियाँ तिर्नुपर्छ भने सबैभन्दा बढी बस चलाउन २११ रुपियाँ तिर्नुपर्छ।
आफ्नै सवारी साधन चलाएर ट्रायल दिन नपाउने नौलो व्यवस्था धेरैका लागि अप्ठेरो लाग्न सक्छ। यातायात व्यवस्था विभागका ‘दले’हरुलाई भने यो कमाइको विषय हुनसक्छ। भोलिपर्सि अहिले चलनमा रहेको जस्तो सेटिङ मिलाएको गाडी/बाइक अलि बढी पैसा तिरेर चलाउन पाइने बनाइने पो हो कि भन्ने पनि डर छ। अहिले त्यस्तै हुन्छ। उदाहरण हेर्नुस् दुई वर्षअघि बालकृष्ण दाहालले लेखेको ब्लगमा-
पुल्चोक पेट्रोल पम्पसँगै जोडिएको एउटा बाइक मात्र छिर्ने ढोका छ र त्यहीँबाट ठेलमठेल गर्दै बाइक छिराएपछि देब्रेपट्टी बाहिरबाट नदेखिने ठाउँमा लाइन बस्नु पर्ने हुन्छ। ट्रायल दिने दुइटा स्टयान्डहरु बाहिरबाट मुस्किलले देख्न सकिन्छ। ९०% भन्दा बढी बाइकहरु थोत्रा र रोडमा विरलै देखिने हिरो होन्डा सीडी- १०० हुन्छन् जुन बाइक दलालीबाट ट्रायल दिनेले भाडामा लिने गर्छन् रु ५०० देखि १००० सम्ममा। बाइक दलालले ग्राहकहरु फारम भर्न जाँदा वा लिखित परीक्षा दिन जाँदा भेटाउँछन्। त्यस्ता बाइक ह्यान्डिल मात्र समाएर चलाउने गरी मिलाइएका हुन्छन्, लाइसेन्स पाइसक्दा पनि गियर, एक्सिलेटर, क्लचको बारेमा केही ज्ञान हुन्न चालकलाई। सेफ्टी र ट्राफिक नियम पालना त धेरै परको कुरो भयो।
यस बाहेक पहिलेको अवैज्ञानिक ट्रायललाई अहिले धेरै हदसम्म सुधार गरिएको देखिन्छ। तर विकसित देशमा जस्तो सडकमै गाडी चलाएर ट्रायल दिने व्यवस्था लागू गर्न सके वास्तविक ट्रायल हुन्थ्यो।
अबको ट्रायल यस्तो हुनेछ हेर्नुस्-
चित्रमा देखाइए जस्तै मोटरसाइकल चालकले 8 आकारमा घुमाउनु पर्नेछ। अनि ठाउँ ठाउँमा राखिएका स्पीड ब्रेकरमा स्टार्ट बन्द नगरी खुट्टाले नटेकी पार गर्नुपर्छ। उकालो र ओरालोमा पनि खुट्टाले टेक्न पाइन्न। परीक्षामा हेलमेट, पन्जा र जुत्ताको प्रयोग, सवारीको ऐना, संकेत र स्टार्ट गर्दाको अवस्थासमेत हेरिने छ। चालकको ध्यान, थ्रोटल, शरीर सन्तुलन, सवारीमा बसेर हेर्ने तरिका, ब्रेकको प्रयोगलाई पनि मापदण्ड बनाइएको छ। ‘यू’ टर्नमा साइड लाइटको प्रयोग, जेब्रा क्रसिङको सावधानी, ट्राफिक बत्तीको उपयोग पनि हेरिनेछ। माथिको पूरै कुरा चार पाङ्ग्रेलाई १० मिनेटमा र दुई पाङ्ग्रेलाई पाँच मिनेटमा पार गर्नुपर्नेछ।
चित्रमा देखाइए जस्तै मोटरसाइकल चालकले 8 आकारमा घुमाउनु पर्नेछ। अनि ठाउँ ठाउँमा राखिएका स्पीड ब्रेकरमा स्टार्ट बन्द नगरी खुट्टाले नटेकी पार गर्नुपर्छ। उकालो र ओरालोमा पनि खुट्टाले टेक्न पाइन्न। परीक्षामा हेलमेट, पन्जा र जुत्ताको प्रयोग, सवारीको ऐना, संकेत र स्टार्ट गर्दाको अवस्थासमेत हेरिने छ। चालकको ध्यान, थ्रोटल, शरीर सन्तुलन, सवारीमा बसेर हेर्ने तरिका, ब्रेकको प्रयोगलाई पनि मापदण्ड बनाइएको छ। ‘यू’ टर्नमा साइड लाइटको प्रयोग, जेब्रा क्रसिङको सावधानी, ट्राफिक बत्तीको उपयोग पनि हेरिनेछ। माथिको पूरै कुरा चार पाङ्ग्रेलाई १० मिनेटमा र दुई पाङ्ग्रेलाई पाँच मिनेटमा पार गर्नुपर्नेछ।
दुई पाङ्ग्रेमा ट्रायल दिँदा के के हेरिन्छ ?
चलाउनुअघिको सावधानी र सुरक्षा परीक्षण
8 मा चलाउने परीक्षण
साँघुरो काठमा परीक्षण
ट्राफिक संकेतको परीक्षण
उबड खाबडको परीक्षण
र्याम्प परीक्षण
सवारीको गति, गियर परिवर्तन र समयको परीक्षण
चलाउनुअघिको सावधानी र सुरक्षा परीक्षण
8 मा चलाउने परीक्षण
साँघुरो काठमा परीक्षण
ट्राफिक संकेतको परीक्षण
उबड खाबडको परीक्षण
र्याम्प परीक्षण
सवारीको गति, गियर परिवर्तन र समयको परीक्षण
चार पाङ्ग्रेमा माथिको बाहेक साँघुरो काठ र उबडखाबडको साटो स्पिड ब्रेकर परीक्षण, ग्यारेज पार्किङ परीक्षण पनि गरिनेछ।
के-के गरे फेल ?
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै फेल हुनसक्ने अवस्थाबारे पनि बताएको छ। हेर्नुस्-
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै फेल हुनसक्ने अवस्थाबारे पनि बताएको छ। हेर्नुस्-
- दुई पाङग्रे
-हेलमेट नलगाइ, ऐना नमिलाई र साइट लाइटको प्रयोग नगरी स्टार्ट गरे
-आठ आकारको लाइन भन्दा बाहिर सवारी लगे
- साँघुरो फलेकबाट सवारी साधन बाहिर पुर्याए
-यू टर्नमा साइड लाइट प्रयोग नगरे
-ट्राफिक संकेत पालना नगरे
- उबड खाबड परीक्षणमा रोकेर गोडा टेकेमा
-दुई वा बढी पल्ट स्टार्ट रोकिएमा
- ट्रायलका सबै तरिका पूरा गर्न पाँच मिनेटभन्दा बढी समय लगाएमा।
- चार पाङग्रे
-सिट बेल्ट नबाँधे, पछाडि दाँयाबाँया हेर्न सिसाको परीक्षण नगरे, साइडलाइट नबाली स्टार्ट गरे
-आठ आकारको लाइन भन्दा बाहिर गए
-स्पिड ब्रेकरमा रोकिए वा स्टार्ट बन्द भए
-यू टर्नमा साइड लाइटको प्रयोग नगरे
-ट्राफिक संकेत पालना नगरे
- र्याम्पको चढाइमा रोकेर अगाडि बढाउँदा सवारी साधन ६ इन्चभन्दा बढी पछाडि फर्किएमा
-ग्यारेज पार्किङ गर्दा लाइन भन्दा बाहिर परे
-दुई वा बढी पल्ट सवारीको स्टार्ट बन्द भए
- ट्रायल सबै तरिका पूरा गर्न १० मिनेटभन्दा बढी समय लगाए।
उपत्यकामा बागमती अञ्चल यातायात व्यवस्था कार्यालयले वैशाख १ देखि नयाँ व्यवस्था अनुसार परीक्षा लिने भने पनि पूर्वाधार तयार नभएको भन्दै १० गतेदेखि मात्रै लागू गर्ने जनाएको छ। अरु ठाउँमा भने असारभित्र लागू गर्ने तयारी भइरहेको छ। ट्रायल दिने ठाउँ मोटरसाइकल र स्कुटरका लागि मीनभवनको ट्रलिबसको कम्पाउन्ड हुनेछ भने अरु साना-ठूला गाडीका लागि बग्गीखानामा ट्रायल लिइनेछ।
- साभार ; माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !