CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » बहिस्कारपछि महासंघमा अचम्मको मूर्दा शान्ति

बहिस्कारपछि महासंघमा अचम्मको मूर्दा शान्ति

fncci_gangकाठमाडौं। उद्योग वाणिज्य महासंघको इतिहासमै लज्जास्पद घटना भएको छ। वार्षिक साधारणसभामा पहिलो पटक पूर्वअध्यक्षहरुले औपचारिक बैठकको आयोजना गरेर संयुक्त रुपमा महासंघको साधारणसभा बहिस्कार गरेका छन्। महासंघको इतिहासमा पूर्वअध्यक्षहरुले घोषित रुपमा संगठित भएरै साधारणसभा बहिस्कार गरेको यो पहिलो पटक हो। बहिस्कार गर्ने पूर्व अध्यक्षहरुमा महेशलाल प्रधान,
पद्मज्योति, विनोदबहादुर श्रेष्ठ, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, चण्डीराज ढकाल र कुशकुमार जोशी छन्। ४७ औं साधारणसभामा महासंघका कुनै पनि पूर्वअध्यक्ष सहभागी भएनन्। जीवित सबैभन्दा अग्रज पूर्वअध्यक्ष इन्द्रभक्त श्रेष्ठ बृद्ध भएका कारण कतै सहभागी हँुदैनन् भने विनोदकुमार चौधरीले महासंघ छाडिसकेका छन्। पूर्वअध्यक्षहरुले नेतृत्वको असन्तुलनकारी भूमिका, संस्थामा मनोमानी र एकलौटी, सामुहिक भावनाको अभाव, पूर्वजहरुको अपमान जस्ता कारण देखाउँदै महासंघको साधारणसभा बहिस्कार गर्नुपर्ने बताएका छन्। नेतृत्वको यही कमजोरीका कारण पूर्वअध्यक्षहरुको अभूतपूर्व एकतामात्र भएको छैन यसले महासंघको नेतृत्व र कार्यकारिणी समिति समक्ष प्रश्न खडा गरेको छ। अब यो मुद्दा पूर्वअध्यक्ष र नेतृत्वकोबीचको मात्र नभएर कार्यकारिणी समितिमै प्रवेश गरेको छ। यो विषयमा साँगा, लेखनाथ र काठमाडौंको कार्यकारिणी समिति बैठकमा छलफल भइसकेको एक व्यवसायीले बताए। पूर्वअध्यक्षहरुको असन्तुष्टि पनि तत्कालको होइन। कार्यकारिणी समितिले यो मुद्दा सल्टाउन नसकेपछि दोषको भागीदार कार्यकारिणी समिति पनि बनेको र यसले अब सुरज बैद्यको मात्र नभएर संस्थागत कमजोरीको रुप लिएको बताइएको छ। महासंघको व्यावसायिक हकहित र समस्या समाधानका लागि जसरी एकता हुने गरेको थियो, यो साधारणसभा बहिस्कारले त्यसमा ठूलो धक्का लागेको छ।
साधारणसभा जस्तो महत्वपूर्ण घडीमा पदाधिकारीको समेत मान प्रतिष्ठामा धक्का पुगेको महसुस गरिएको एक पदाधिकारीले बताए। मंचमा पूर्व अध्यक्षहरुलाई मात्र होइन पदाधिकारीलाई पनि बस्ने आसनको व्यवस्था नगरेर इतिहासकै सबैभन्दा बेइज्जत भएको उनले बताए। पूर्व अध्यक्षहरुलाई मंचमा नराख्ने बहानामा पदाधिकारीलाई समेत मंचमा बस्नबाट बन्चित गरेर अध्यक्षको मनपरीतन्त्र चल्दा पनि कार्यसमिति मौन बसेकोमा आश्चर्य व्यक्त गरिएको छ। हाउसबाट प्रश्न गर्ने ठाउँमा पदाधिकारीलाई राख्नुपर्नेमा उनीहरुलाई त्यसबाट बंचित गरिएको व्यवसायीहरुले बताएका छन्। यस्ता घटनाबाट पाठ सिक्ने कि नसिक्ने भन्ने प्रश्न व्यवसायीहरुले पदाधिकारी तथा सदस्यहरुलाई गरेका छन्।
साँघुको एक प्रश्नमा बहिस्कार गरेका पूर्वअध्यक्षले आफूहरुले बहिस्कार गरेर महासंघलाई कमजोर होइन बलियो बनाउन खोजिएको बताए। महासंघ नेतृत्वले लिने रवैयाले महासंघको भावी शक्ति निर्धारण गर्ने उनले बताए। यदि यस्तै शैली नेतृत्वले लिने हो भने महासंघको शक्ति झनै कमजोर हुने ती पूर्वअध्यक्षले बताए। आ–आफ्ना गल्ती कमजोरीलाई छलफल र समीक्षा गरेर दुवै पक्षले आत्मालोचना गर्दै एकताको सूत्रमा बाँध्न पहल नगरिए महासंघमा विष्फोटक अवस्था सिर्जना हुने र यति ठूलो संस्था नै धरासायी बन्ने उनले बताए। कार्यकारिणी सदस्यहरु एउटा कार्यकालपछि बाहिरिए पनि पूर्वअध्यक्ष कार्यसमितिबाट कहिल्यै पनि बाहिरिन नसक्ने भएकाले यसपालीको बहिस्कार घटनाबाट सबैले पाठ सिकेर समस्या समाधानको बाटोमा अघि बढ्नुपर्ने व्यवसायीहरुले बताएका छन्।
- साभार विक्ली नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis