CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » राजश्व छल्दै ज्योति समूह : बैंक पनि डुबाउने तरखरमा

राजश्व छल्दै ज्योति समूह : बैंक पनि डुबाउने तरखरमा


jyotiकाठमाडौं, चैत २९ – हिमाल स्टील लगायतमा लगानी गरेको औद्योगिक घरना हो, ज्योति समूह । यसका मालिक हुन् पदम ज्योति, जसले विगतमा माओवादी कोटाबाट संविधानसभामा प्रतिनिधित्व गरेका थिए उनले त्यही पदको दुरुपयोग गर्दै ब्रहलुट मच्चाएका थिए । हिमाल स्टीलको कारखाना वाराको परवानीपुरमा छ । कम्पनीको पुरा नाम हो–हिमाल आइरन एण्ड
स्टील कारखाना । डिलरसिपहरुका अनुसार यसले कबाडी फलाम प्रशोधन गरेर साइज नमिलेका डन्डी बेच्छ । अझ रमाइलो त के छ भने ढुवानी निशुल्क भनेपनि समान किनिसकेपछि ढुवानीको पैसा समेत असुल्ने गरेको उपभोक्ताहरु बताउँछन् । डण्डीहरु मोडदा क्रयाक्कका समस्या देखिन्छ । गुणस्तरीय सामान नभएकोमा हार्डवेयर पसलेहरु पनि उत्तिकै चिन्तित छन् । यो त उत्पादित बस्तुको कुरा भयो । यतिमै मात्र ज्योति समूहको कुरा टुंगिदैन ।
himal-ironराजश्व छलिमा पनि यो समूह अगाडि नै छ । राजश्व अनुसन्धान विभाग स्रोतक अनुसार यो समूहले दुई वटा विल बनाएर राजश्व छल्छ । करोडौ राजश्व छलेको राजश्व अनुसन्धान विभागका एक अधिकारी बताउ“छन् । यो समूहले हाउजिङ कम्पनीमा पनि हात हालेको छ । हाउजिङकै लगानीका कारण विभोर बैंक डुवेको छ । यो समूहले सिइ कन्ट्रक्सन कम्पनी बनाएको छ, यसै मार्फत हाउजिङको काम गर्छ । विभोर बचाउने नाममा भाजुरत्न फाइनान्स मर्ज गराइएको थियो । अहिले फेरि टाट पल्टिन थालेको किष्ट वैंकस“ग विभोर वैक मर्ज गराउने प्रयास भैरहेको छ । किष्ट वैकका सिइओ कमल ज्ञवालीले आफु नजिकका धेरै व्यवासायीलाई कर्जा दिएका छन् । जग्गामा धेरै लगानी गरेका छन् । जग्गा कारोवार सुस्ताउनु र आफु नजिकका व्यवासायीवाट पैसा कर्जा असुल नहुँदा किष्ट बैंक डुब्ने अबस्थामा गएको हो । दुई वटा टाट पल्टने अबस्थामा रहेका बैंकलाई मर्ज गराउन पदम ज्योति र कमल ज्ञवाली लागिरहेका छन् ।

स्रोत : ग्रेत् वे अन्लाईन 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis