CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » राजेश हमाल असामाजिक ??? अब चाहिं नभन्नु होला !

राजेश हमाल असामाजिक ??? अब चाहिं नभन्नु होला !


नायक राजेश हमाललाई एउटा आरोप बारम्बार लाग्ने गरेको छ। त्यो हो– उनी सामाजिक बन्नै सकेनन्, पैसाका लागि मात्र काम गर्छन् र पैसा पायो भने जहाँ, जस्तो अवस्थामा पनि आफ्नो उपस्थिति जनाउँछन्। पैसाकै लागि काम गर्ने हमाल असामाजिक बन्दै गइरहेका छन् भन्ने अनेकौँ आरोप खेपिरहेका र यस्तै–

यस्तै कारणले गर्दा कुनै सामाजिक कार्यक्रमतिर पनि बाक्लो उपस्थिति उनको हुन छोडेको थियो।

तर यसै हप्ता महानायक राजेश हमालले सबैलाई चकित पार्ने र सबैबाट वाहवाही पाउने एउटा गजवको सामाजिक कार्य गर्ने अठोट गरे। उनको यो सोच अनि योजनाले अहिले हमालको उचाइ र उपस्थिति झनै अग्लिएको छ। कलाकारिता क्षेत्रमा लागेको करिब २५ वर्षपछि हमालले पहिलोपटक सामाजिक कार्य गर्ने उद्देश्यले ‘राजेश हमाल फाउन्डेसन’को स्थापना गरेको खबर गतांक को घटना र विचार साप्ताहिक ले छापेको छ । आफूलाई असामाजिक व्यक्ति भनेर आफ्नो धज्जी उडाउनेहरूलाई हमालले यो फाउन्डेसन खोलेर नराम्ररी थप्पड हानेका छन्। उनले भने। ‘कसैलाई देखाउन वा सुनाउन र कसैको मुख टाल्नका लागि यो फाउन्डेसनको स्थापना गरेको होइन मैले। सामाजिक क्रियाकलापमा सहभागी हुन र आफ्नोतर्फबाट दीनदुःखीहरूलाई सहयोग गर्न सकिन्छ कि भनेर यो फाउन्डेसनको सोच आएको हो,’ उनले भने।
हमालले यो फाउन्डेसनमा अहिले आफ्नोतर्फबाट ५० लाख जम्मा गरेका छन् भने अन्य दाताहरूबाट पनि रकम आउने आश्वासन पाएको कुरा उनले बताएका छन्। गरिब, जेहेनदार तथा आत्मविश्वासी जोकोहीको क्षमता विस्तार र अभिवृद्धिका लागि फाउन्डेसन लाग्ने भएको छ। हमालले राजेश हमाल फाउन्डेसन व्यक्तिगत नभएर सामाजिक भएकाले जो पनि यसमा सहभागी हुन सक्ने कुरा बताए। ‘देश तथा विदेशमा रहनुभएका नेपालीलाई फाउन्डेसनमा सहभागी हुन म आह्वान गर्दछु,’ उनले भने। -  
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis