चलचित्रले मात्र लगानी उठाउन सके। आशा गरिएका ठूला ब्यानर र नाम चलेका कलाकार अभिनित सबै चलचित्र असफल दर्ज भए।
यो वर्ष नेपाली चलचित्र क्षेत्रमा करिब ४० करोड रुपैयाँ लगानी भएको चलचित्रकर्मीहरू बताउँछन्। तैपनि नेपाली चलचित्र क्षेत्रलाई अहिलेसम्म सरकारले उद्योगका रूपमा मान्यता दिएको छैन। चपली हाइट, जंगली क्विन, पलपलमा जस्ता यौन विषयवस्तुमा आधारित चलचित्रले जस्तो सफलता पाए, त्यसैको नक्कल गर्दै निर्माण गरिएका कुनै पनि चलचित्र यस वर्ष चलेनन्। दर्शकले त्यस्ता चलचित्रलाई अस्वीकार गरे। सिनेमा प्रदर्शनको अन्तिम निर्णय दिने निकाय सेन्सर वोर्ड एटीएम र बर्बाद जस्ता सिनेमाहरूले अश्लीलताको पराकाष्ठा नाघेको भन्दै प्रदर्शनमै रोक लगाउन बाध्य भयो। समाजले पचाउन नसक्ने भन्दै सेन्सरले यस्ता सिनेमाको प्रदर्शनमा कडाइ गरेपछि स्वयं वोर्ड पनि विवादमा तानियो। यौनलाई सस्तो मसलाको रूपमा प्रचार गरिएका द लास्ट किस, नाइट क्विन, लक, रक्षा, लभ यु म्यान, नाइन ओ क्लक जस्ता सिनेमाहरू व्यापारमा डब्बा सावित भए।
यौनलाई सस्तो मसला बनाइएका सिनेमाहरू यो वर्ष व्यापारमा पूर्णरूपमा असफल देखिए भने कथाले मागेजति दिन तयार हुने नायिकाहरू चर्चामा आए, तर बद्नाम भएर। एटीएम र बर्बादमा जिब्रो टोक्नुपर्ने दृश्य दिएर जिया केसीले चर्चासँगै बदनाम पनि कमाइन्। यस्तै, अर्की नायिका पुजना स्त्रीले पनि राम्रै चर्चा पाइन्। तर उनको चर्चा एक दिनदेखि दुई दिनसम्म टिक्न सकेन। उनी अभिनित रक्षा चलचित्रले पानीसम्म पिउन पाएन। यो वर्ष अश्लीलता बोकेका सिनेमाहरूले मुख्य रूपमा दुईवटा कुरालाई बहसको विषय बनाइदिएका छन्। पहिलो, यौनलाई सस्तो प्रचार गरिएका सिनेमाहरू दर्शकले स्वीकार्दैनन र कपडा खोलेर नांगिँदैमा सबै नायिका बन्न सक्दैनन् भन्ने।
- विक्ली नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !