CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » देउवा फेरि भए ‘रअ’ प्रमुख ??

देउवा फेरि भए ‘रअ’ प्रमुख ??

Sher-Bahadur-Deubaकाठमाडौँ। एसियामै पत्रकारिताको पुरानो इतिहास भएको भारतमा सञ्चारमाध्यमहरू कति गैरजिम्मेवार छन् भन्नेबारेमा बेलाबेलामा निकै बहस हुने गरेको छ। हालैका दिनमा भारतीय प्रेस काउन्सिलका अध्यक्ष मार्कन्डेय कटजूले भारतीय सञ्चारमाध्यममा जिम्मेवारीबोध नभएको भन्दै चर्को आलोचना गरिरहँदा छिमेकी
मुलुकका पूर्वप्रधानमन्त्रीलाई आफ्नो देशको गुप्तचर संस्था प्रमुख भनेर तस्बिर छापिएको छ।
नेपालका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर यसअघि पनि भारतका गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विंग (रअ)को प्रमुख भन्दै छापिएको थियो। भारतको प्रतिष्ठित र विश्वसनीय मानिने साप्ताहिक म्यागेजिन ‘इन्डिया टुडे’ले आफ्नो पछिल्लो अंक (११–१७ अप्रिल २०१३) मा बंदा सायना है शीर्षक समाचारमा उनै देउवाको तस्बिर छापेको छ। समाचारमा, रअका प्रमुख आलोक जोशीले कार्यभार सम्हालेपछि गुनासा सुन्नका लागि रअको कार्यालयमा सुझावपेटिका राखेको उल्लेख छ। समाचारमा भनिएको छ– ‘१९७६ को ब्याजका प्रहरी अधिकारी जोशीले ३० डिसेम्बरमा कुर्सी सम्हाल्नासाथ तुरुन्त दिल्लीको सिजिओ कम्प्लेक्समा रअका ११ मञ्जिला कार्यालयमा हरेक भवनमा एक सुझावपेटिका राख्न लगाइदिए। हर तहका कर्मचारीलाई त्यसको प्रयोग गर्नका लागि प्रोत्साहित गरिएको छ।’ यस समाचारमा उल्लेख भएका विषयवस्तुका बारेमा त केही कुरा भएन। तर, त्यसको बायाँतिर शीर्षकमुनि राखिएको चेक सर्ट र सदावहार चस्मा लगाएको देउवाको तस्बिर देख्दा नेपालमा रअको स्टेसन प्रमुख भएर बसिसकेका आलोक जोशीचाहिँ कति हाँस्दा हुन्? हुन त यसअघि ‘द हिन्दु’जस्तो भारतीय पत्रिकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल भनेर पद्मरत्न तुलाधरको तस्बिर छापेको थियो। source-http://www.weeklynepal.com/2013/04/18/deuba-sher-raw-cheif/
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis