CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » प्रचण्डपुत्रलाई भेट्नेबित्तिकै कारबाही गर्ने शिवसेनाको चेतावनी

प्रचण्डपुत्रलाई भेट्नेबित्तिकै कारबाही गर्ने शिवसेनाको चेतावनी


काठमाडौं,  । बैंककस्थित अस्पतालमा उपचार गराइरहेका बेला पूर्वयुवराज पारस शाहको मृत्युको हल्ला फैलाउने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशलाई शिवसेना नेपालले कारबाही गर्ने चेतावनी दिएको खुलासा भएको समाचार  सौर्य दैनिकले छापेको छ ।
शिवसेनाको चेतावनीपछि प्रकाशले माफी माग्दै पारसको मृत्युबारे आºनो फेसबुक वालमा लेखेको स्ट्याटस हटाएको थाहा भएको छ । आफूले भ्रामक स्ट्याटस लेख्नुको दोष उनले
नेपाली सञ्चारमाध्यमलाई लगाएका थिए ।
प्रकाशले आºनो फेसबुक वालमा पारसको मृत्यु भएको जिकिर गर्दै श्रद्धाञ्जलीसमेत दिएका थिए । ‘पारस शाहप्रति हार्दिक श्रद्धाञ्जली ! हिजो उनको उपचारका क्रममा मृत्यु भएको छ । मर्ने बेला पुलिसको तारेख धाउँदा धाउँदै अल्पायुमै ज्यान गुमाउनुपरेको छ,’ अर्काकी श्रीमती भगाएर भारतमा बस्दै आएका प्रकाशले गत ११ फागुनको बिहान आºनो फेसबुक वालमा लेखेका थिए ।
उनले फेसबुकमा यो स्ट्याटस हालेपछि नेपालमा सनसनी मच्चिएको थियो । दाहालको स्ट्याटसलाई उद्धृत गर्दै केही नेपाली सञ्चारमाध्यमले समाचारसमेत बनाएका थिए ।
पारसको मृत्युको हल्ला फैलाएलगत्तै शिवसेनाका कार्यकर्ताले प्रकाशको खोजी गर्न थालेका थिए । उनीहरूले गलत हल्ला नफैलाउन र फैलाए जहाँ भए पनि कारबाही गर्ने चेतावनी दिएका थिए । ‘प्रकाश दाहालले गलत हल्ला फैलाएको कुरा हामीले बैंककमा थाहा पायाँै, त्यसपछि त्यसलाई सच्याउन र नसच्याए कारबाही गर्ने चेतावनी दिएका हौँ,’ शिवसेनाका अध्यक्ष अनिल बस्नेतले भने, ‘हामीले चेतावनी दिएको केही समयमै उनले आºनो फेसबुक स्ट्याटस हटाए ।’
शिवसेनाका कार्यकर्ताले प्रकाशलाई फेसबुक र फोन दुवै माध्यमबाट चेतावनी दिएका थिए । ‘उनी (प्रकाश) नजिकका व्यक्तिमार्फत उनले प्रयोग गर्दै आएको भारतीय मोबाइल नम्बर पत्ता लगाई गल्ती सच्याउन र नसच्चाए कारबाही भोग्न तयार हुन चेतावनी दियौँ र उनले गल्ती भयो भनेर माफी माग्दै स्ट्याटस पनि हटाए,’ बस्नेतले भने ।
शिवसेनाले फोनमार्फत कारबाही गर्ने चेतावनी दिएपछि प्रकाशले नेपालका केही अनलाइनले लेखेको समाचारका भरमा स्ट्याटस लेखेको भन्दै माफी मागेका थिए । ‘नेपालका केही अनलाइन समाचारको भरमा स्ट्याटस लेख्दा ठूलो गल्ती भयो मलाई माफ गर्नुहोस्,’ प्रकाशको भनाइ उद्धृत गर्दै शिवसेना अध्यक्ष बस्नेतले भने ।
शिवसेना नेपालले फोनमा मात्रै होइन, सामाजिक सञ्जालबाट सार्वजनिक रूपमा माफी माग्न पनि प्रकाशलाई चेतावनी दिएको थियो । त्यसपछि ११ फागुनकै राति प्रकाशले ठट्टामा श्रद्धाञ्जली दिएको भन्दै फेसबुकमार्फत पनि सार्वजनिक रूपमा माफी मागेका थिए ।
‘मैले एउटा अनलाइनमा आएको खबरअनुसार मानवताको नाताले आफ्नै हिसाबले (ठट्टामा) श्रद्धाञ्जली दिएँ । मैले कुनै राजनीतिक हिसाबले दिएको टिप्पणी थिएन । सबै मित्र तथा शुभचिन्तकमा पर्न गएको भ्रमप्रति क्षमा चाहन्छु । त्यो अनलाइनले झुटो समाचार प्रकाशन गरेको रहेछ,’ ११ फागुनको राति ९ बजे पोस्ट गरेको स्ट्याटसमा प्रकाशले लेखेका थिए ।
फेसबुकमा पारसको मृत्युको खबर लेखेपछि शिवसेनाका कार्यकर्ताले प्रकाशलाई करिब १० घन्टा त फेसबुक अनलाइनमा खोजेका थिए । तर, उनी भेटिएनन् । पछि उनका नाता पर्ने…सितको फेसबुक च्याटमार्फत प्रकाशलाई चेतावनी दिएका थिए । ‘च्याटमा हामीले गलत मनसाय राखी कसैको संवेदनामा नखेल्न आग्रह गर्‍यौँ र त्यो खबर प्रकाशलाई गरिदिन आग्रह पनि गर्‍याँै, हाम्रो चेतावनीपूर्ण आग्रह प्रकाशसँग पुगेछ,’ शिवसेना अध्यक्ष बस्नेतले भने ।
दुई वर्षदेखि परिवारसित सम्बन्धविच्छेद गरेर बैंककमा बस्दै आएका पूर्वयुवराज पारस हृदयाघातपछि गत ९ फागुनमा स्थानीय समितिवेज अस्पताल भर्ना भएका थिए । ११ दिनपछि उनको होस खुलेको थियो । ३८ दिन अस्पतालको बसाइपछि पारस गत १५ फागुनमा डिस्चार्जसमेत भइसकेका छन् ।
साभार : हाम्रो कुरा  
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis