कतव्र्य ज्यान र अपहरण मुद्दामा १३ पुस २०६७ देखि जेल सजाय भोगिरहेका जगरनाथ र
लागूऔषध मुद्दामा १३ माघ २०६७ देखि जेल सजाय भोगिरहेका सिंहेश्वरले आफूहरूलाई फासी दिनुपर्ने बताएका समाचार आजको राजधानी दैनिकले छापेको छ ।
आमरण अनशन थालेका यादव द्वयको स्वास्थ्य अवस्था बिग्रिँदै गएको कारागार प्रशासनले जनाएको छ । शनिबार उनीहरूको जिल्ला स्वास्थ्य कार्यालयबाट गएका स्वास्थ्य टोलीले स्वाथ्य परीक्षणसमेत गरिएको जलेश्वर कारागारका निमित्त जेलर सोमेन्द्र ठाकुरले बताए । जगरनाथलाई कर्तव्य ज्यानमा २० वर्ष, अपहरणमा १२ वर्ष गरी ३२ वर्ष र सिंहेश्वरलाई लागूऔषधमा १० वर्ष कैद जिल्ला अदालत धनुषाले सुनाएको थियो ।
यता, जिल्ला कारागार जलेश्वरले भने घटनालाई लुकाई राखेकाले जानकारी ढिलो गरी आएको र आमरण अनशनमा बसेकाले चिठी लेखी सञ्चारकर्मीलाई अनशनबारे जानकारी गराएका थिए ।
यसैबीच, समाचार संकलनमा गएका सञ्चारकर्मीलाई प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाको निर्देशनमा फोटो खिच्न दिइएन । सुरक्षाको कारण देखाउँदै सञ्चारकर्मीलाई फोटो खिच्न रोक लगाइएको प्रजिअ थापाले बताए । नेपालको विद्यमान कानुनमा मृत्युदण्डको सजाय नरहेकाले उनीहरूको माग जायज नभएको जेलर ठाकुरले बताए । -हाम्रा कुरा

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !