शाखाका अधिकृत किशोर महर्जन, ड्युटी इन्चार्ज राधेश्याम अधिकारी र
लोडर श्यामलाल श्रेष्ठको मिलेमतोमा विभिन्न मुलुकका विमानस्थलबाट आएका यात्रुका झोलाबाट सामान चोरी हुने क्रम तीव्र बनेको छ। यात्रु सेवा विभाग अन्तर्गत ब्यागेज सेक्सनका कर्मचारीहरूले झोलामा रहेका ल्यापटप, स्टिल र मुभी क्यामरा, सुन, चाँदी, घडीलगायतका सामान चोरेर मात्र झोला फिर्ता दिने गरेका छन्। सामान दिनहुँ चोर्न पाउने भएर नै सो शाखा धेरैको रोजाइको शाखा बन्ने गरेको स्रोतले जानकारी दियो।
केही तल्लो स्तरका कर्मचारीसमेत विमानस्थलमा विगत लामो समयदेखि बसेर करोडपति भइसकेको त्यहीँ कार्यरत कर्मचारी बताउँछन्। ‘जति चोर्न सकियो, त्यति बढी कमाइ हुने भएकाले हाकिम पनि आफूले खान पाएको कमिसनका आधारमा कुल्लीहरूलाई चोर्ने मौका दिन तम्सिन्छन्’– स्रोतले भन्यो। यसै साता मात्र सो शाखाबाट एक पूर्वमन्त्रीको झोलामा
रहेको ल्यापटप र मुभी क्यामरा हराएको थाहा भएको छ। यात्रु विदेशबाट फर्किंदा कहिले यात्रुभन्दा अघि र कहिले यात्रुभन्दा पछि मात्र सामान आउने गर्छ। सामान यात्रुसँगै नआएपछि हराउने सम्भावना रहने नै भयो। पछि सामान दाबी गर्न जाँदा फिर्ता त आउने तर महत्त्वपूर्ण सामानहरू चोरी भइसक्ने हुनाले समस्या दिनदिनै बढ्दै जान थालेको पीडितले बताए।
छुटेको सामान भन्सार कार्यालयमा बुझाउनुपर्ने र सो कार्यालय बिहान नौ बजे खुल्नुपर्नेमा लोडर श्यामलाल श्रेष्ठले त्यसअघि नै आएर झिक्ने गरेको बताइन्छ। श्रेष्ठ मात्र होइन, अन्य लोडरहरू पूर्णप्रसाद थपलिया, विष्णुप्रसाद सापकोटालगायत पनि चोरी कार्यमा संलग्न रहेको स्रोतले बतायो। नियमतः त्यस्ता महत्त्वपूर्ण सामानहरू झोलाभित्र लुकाएर होइन, देखाएरै ल्याउनुपर्ने प्रावधान छ। लुगाफाटो र दैनिक प्रयोग हुने सामान मात्र त्यसरी लुकाएर ल्याउन पाउनेमा हरायो भनेर पछि दाबी गर्न जाँदा पनि गैरकानुनी भन्दै खासै सुनुवाइ नहुने गरेको बताइन्छ। सुटकेस फुटेको भएमा सामान्य जरिवाना तिर्ने, लक बिग्रिएमा बनाइदिने काम विभागले गर्नुका अतिरिक्त गोप्य झोलामा रहेको सामान यही थियो भनेर दाबी गरेमा पनि दाबी नलाग्ने नियम छ। कुल २० किलोग्राम सामानसम्म एकपटकको झोलामा ल्याउन पाउने र एक किलो घटेमा २० डलर तिर्नुपर्ने नियम छ। पूरै २० किलो सामान हराएमा भने जम्मा दुई सय डलर तिरेर निगम मुक्त हुन्छ।
लोडर श्रेष्ठ विगत लामो समयदेखि एयरपोर्टमा रहेर चोरी काममा संलग्न हुँदै आएका छन्। यता उनले भने आफूहरू चोरीमा संलग्न नरहेको दाबी गरे। ‘त्यस्तो होइन, सीसी क्यामेराले ब्यागेज राखेको गेटतिर नियालिरहेको हुन्छ, डीआईजीसा’प आफैँ आएर हेर्नुहुन्छ’– श्रेष्ठले भने। उता डिउटी इन्चार्ज राधेश्याम केसीले चोरी बढेको नभई घटेको दाबी गरे। ‘अहिले १ सय ७० वटा त सीसी टीभी क्यामेरा छन्, अरू विषयमा हेड अफिसमा सम्पर्क राख्नुहोला’– उनले भने।
विक्ली नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !