CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » चर्चा १७ बर्षमै अरबपति बनेका निक को

चर्चा १७ बर्षमै अरबपति बनेका निक को


यतिखेर निक अलोयसियोको चर्चा चुलिँदो छ। बेलायतका १७ बर्षीय हाइस्कुले विद्यार्थी निकले आफ्नो न्युज रिडिङ एप 'समली' महँगो मूल्यमा याहुलाई बेचे। उनले त्यसबाट कति कमाए भन्ने कुराको ठ्याक्कै जवाफ कसैले पनि दिएका छैनन्। यद्यपि 'अलथिङ्सडी' नामक वेबसाइटले ३  करोड डलरमा यसको बिक्री भएको अनुमान गरेको छ। यसले गर्दा निक, समली र याहु तीनै नाम अहिले वेबसाइट र मिडिया संसारमा निकै  उच्चारण भैरहेका छन्। 

समली एक प्रकारको एप्लिकेसन अर्थात् एप हो। यसलाई मोबाइल फोनको एप्लिेकसनका रूपमा प्रयोग गर्न सकिन्छ। यसले लामो न्युज  स्टोरीलाई छोटकरीमा प्रस्तुत गर्छ। याहु पनि मोबाइल बजारमा प्रवेश गरेर सर्वाधिक लोकपि्रय ब्रान्ड बन्ने प्रयासमा छ। गत वर्ष याहुले  मारिसा मायरलाई सिइओका रूपमा भित्र्याएको थियो। मारिसा लामो समयसम्म गुगलको महत्त्वपूर्ण पदमा रहेर काम गरिसकेकी महिला हुन्।  जसले गर्दा पनि याहुले केही चुनौतीपूर्ण कार्य गर्न थालेको अनुमान गरिएको थियो। पछिल्लो समयमा याहुले निकको यो एप्लिकेसन किनेपछि  यसको चर्चा चुलिएको छ। 

याहुले निकको उक्त एप्लिकेसन किनेको मात्र होइन, उनलाई याहुमै जागिरसमेत दिएको छ। यसले गर्दा १७ वषर्ीय निक याहुकै सर्वाधिक कम  उमेरका कर्मचारीसमेत भएका छन्। उनले हाइस्कुलको अध्ययन पूरा गर्न अझै डेढ वर्ष बाँकी छ। उनी लन्डनको कार्यालयमा काम गर्दै  पढाइलाई जारी राख्नेछन्। नेपाली सन्दर्भको कुरा गर्दा निक अझै पनि प्लस टुका विद्यार्थी हुन्। बेलायतमा प्लस टु अर्थात् १२ कक्षासम्मको  विद्यालयलाई हाईस्कुल भनिन्छ। 

यद्यपि निक मात्र समलीका एक्ला दाबेदार भने होइनन्। उनी यसको सबैभन्दा ठूला सेयरहोल्डर हुन्। निकबाहेक वेन्डी मर्डोक, एस्टन कचर  तथा योको योनो पनि यसका लगानीकर्ता हुन्। हङकङका अर्बपति व्यापारी लिका सिङको नाम त हामीले सुनेकै छौं। उनी विश्वका अर्बपतिको  टप टेन भित्र पर्छन्। उनको इन्भेस्टमेन्ट फन्डको समेत यसमा महत्वपूर्ण भूमिका छ। वास्तवमा यो एप्लिकेसनको नाम पहिले टि्रमिट राखिएको  थियो। सन् २०११ को मार्चमा यसको निर्माण गरिएको थियो। यसले विभिन्न प्रकारका लामा टेक्स्टलाई हजार, ५ सय वा १ सय ४० क्यारे क्टरको सारांशका रूपमा प्रस्तुत गथ्र्यो। यो एपले विश्वप्रसिद्ध ब्रान्ड एप्पलको समेत ध्यान खिच्यो। यसले गर्दा सन् २०११ कै जुलाईमा यसलाई  एप्पलको एप स्टोरमा राखियो। यसको सम्भाव्यताका कारण हङकङका अर्बपति लिका सिङले समेत निकलाई ३ लाख अमेरिकी डलरको भेन्चर  क्यापिटल फन्ड उपलब्ध गराए। त्यसपछि निकले विभिन्न आलोचना र पृष्ठपोषणका आधारमा टि्रमिटलाई रि-डिजाइन गरे। सन् २०११ को  डिसेम्बरमा यसको नाम समली राखियो। त्यसपछि यो अनलाइन रूपमा उपलब्ध हुन थाल्यो। यसको प्रारम्भिक भर्सन नै २ लाखभन्दा बढी  प्रयोगकर्ताले डाउनलोड गरे। यसको लोकपि्रयताका आधारमै गत वर्षको नोभेम्बरमा योको ओनो, एस्टन कुचर तथा स्टेफन प|mेल आदि प्रसिद्ध  सेलिब्रेटीले निकलाई १ लाख डलरको नयाँ भेन्चर फन्ड उपलब्ध गराएका थिए।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis