CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » कुवेतमा दुई नेपाली महिला हिरासतमा ...काम गर्ने घरमै केटासँग..

कुवेतमा दुई नेपाली महिला हिरासतमा ...काम गर्ने घरमै केटासँग..

handcuffed
कुवेतमा फेरि दुई नेपाली युवती प्रहरी हिरासतमा परेका छन्। दुवैलाई अनैतिक काम गरेको अभियोग लागेको छ। दुवै घरेलु कामदारका रुपमा कुवेतमा आएकी रहिछिन्।
पहिलो घटनामा एक २३ वर्षकी युवती परेकी छिन्। त्यसो त अहिले ३० वर्ष नपुगी खाडी मुलुकमा काम गर्न जान दिइँदैन। तर पहिले गएकाहरुहरुको हकमा यो लागू हुँदैन। नाम नखुलाइएकी ती नेपाली चेलीलाई धेरै वटा अभियोग लगाइएको छ। साद अल
अब्दुल्लाहस्थित उनी काम गर्ने घरका मालिकहरुले उनलाई साह्रै पेट दुखेपछि जाहरा अस्पताल पुर्‍याएका थिए। 
तर अस्पतालमा चिकित्सकीय परीक्षण गरी हेरेपछि त गर्भपातका कारण पो यस्तो ब्लिडिङ भएको पत्ता लाग्यो। लौ अब पुलिस केस ! पुलिस उनी काम गर्ने घर पुग्यो। घरको बाथरुममा ब्ल्याङ्केटमा बेरेको अवस्थामा नवजात शिशुको शव!
पछि प्रहरीसँग उनले ‘अवैध’ यौन सम्बन्धबाट उनी गर्भवती भएको बताइछिन्। अब प्रहरीले उनले बच्चा जन्मिसकेपछि मारेको कि मरिसकेको बच्चा जन्मेको भन्ने बारे अनुसन्धान गर्दै रहेको कुवेत टाइम्सदैनिकले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट चाहिँ उनले अवैध सम्बन्धबाट गर्भ रहेको कुरा लुकाउन बाथरुमभित्र बच्चा जन्माएको देखिएको बताइएको छ। प्रहरी अहिले उनलाई गर्भवती बनाउने केटाको खोजीमा पनि रहेको छ।

काम गर्ने घरमै केटासँग..

अर्को घटना पनि अचम्म कै छ। घरेलु कामदारका रुपमा कुवेतको एउटा घरमा काम गर्ने युवती र उनका ‘प्रेमी’ रङ्गेहात पक्राउ परेछन्। त्यो पनि ‘आपत्तिजनक’ अवस्थामा। खासमा परिवारका सबै सदस्य सुतिसकेको बेलामा सुटुक्क आएको रहेछ केटा।
‘कुवेत टाइम्स’का अनुसार घरकी मालिक्नीको निद्रा बीचमै खुलेछ। काम गर्ने केटीको कोठाबाट आएको ठूल्ठूलो आवाजले निद्रा खुलेको रहेछ। उनले आफ्नो लोग्नेलाई के रहेछ हेर्न जाऊ त भनेर पठाइन्। हेर्न जाँदा त….रङ्गे हात पक्राउ।
अनि उनले पुलिसलाई बोलाएर दुवैलाई पक्राइदिएछन्।
ती दुवै नेपाली महिलाको परिचय खुलाइएको छैन। कुवेतमा नेपाली दूतावास खोलेर वैधानिक रूपमा श्रमका लागि जान पाइने भएपछि हाउसमेडमा जानेको पहिलो गन्तव्य कुवेत हुन थालेको छ। यससँगै यस्ता घटना पनि कुवेती मिडियामा लगातार छाउन थालेको छ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis