CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » ग्यास्ट्रिक : : यसको उपचार

ग्यास्ट्रिक : : यसको उपचार

Gastricपेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि ल212णयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित्त बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु ग्यास्ट्रिकका ल212ण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ–
ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुँडेल्ने, तौल कम हुने ल212ण देखिन्छ।
आमाशयका भित्तामा भएको इन्फ्लायिसन (सुन्निएर रातो तातो भएर दुख्ने समस्या) भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ। ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रुप हो।
अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ। व्यस्तता र भागदौडले भरिएको जीवन ज्यूँनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासिनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन्। लामो समयसम्म जँाड–रक्सी, चिया, कफी, कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि यो रोग ज्यादा देखिएको छ। ग्यास्ट्राइटिस आत्मघाती प्रतिर212ा प्रणालीको कारणले पनि यो रोग हुने गर्छ। यसैगरी पेटको अपरेसन कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभी/एड्स र विशेष मानसिक रोगावस्थामा पनि देखा पर्छ।
उपचार विधि
– ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो। तीब्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ। तसर्थः चिकित्सकको निगरानीमा रोगको निदा तथा उपचार गर्नतिर लागौं। दीर्घ/जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ। जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो।
हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग–सब्जी, सलाद–फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ। त्यसैगरी फ्लेवेनाइडयुक्त पदार्थहरू जस्तैः स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं। पानी प्रशस्त पिउनुपर्छ, यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पुर्यामउन पाउँदैन।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis