अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको घटक संगठन सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ हेलो नेपाल एकाइ कमिटीको घोषित संघर्षका कार्यक्रमअन्तर्गत २१ गते बालाजु र भक्तपुर गरी एनसेलका २० वटा मुख्य टावरहरू ध्वस्त पारिएका थिए । जसबाट ८१ वटा साइटमा सम्पर्क विच्छेद भएको छ । बालाजुमा ध्वस्त गरिएका टावरबाट सानो भर्याङ, ठूलो भर्याङ, ककनी, टोखा, नुवाकोटदेखि रसुवासम्मका सबै साइट टावरहरू निष्क्रिय भएका छन् भने भक्तपुर नया ठिमीका मुख्य टावर ध्वस्त हुँदा काभ्रे, सिन्धुपाल्चोक हुँदै नेपाल चीन सिमाना तातोपानीसम्मका ६२ वटा साइट निष्क्रिय भएका छन् ।
माग सम्बोधन गर्न दबाब लिने उद्देश्यले मजदुरहरूले २ साताअघि एनसेलकै मुख्यालय कृष्णटावरमा आक्रमण गरेका थिए । माग पूरा गर्न दबाब दिने उद्देश्यले मजदुरहरू टावर र एनसेल सेन्टरहरू ध्वस्त गर्न बाध्य भएको मजदुरहरूले बताएका छन् । अझै पनि सुनुवाइ नभए नेपालबाटै टेलियासोनेरालाई धपाउन बाध्य हुने उनीहरूको चेतावनी छ । वैद्य माओवादी मजदुरहरूले आफूहरूका माग सम्बोधन नभए एनसेल हेडक्वार्टर ध्वस्त पार्नेसम्मको कार्यक्रम बनाएको सूत्रको दाबी छ । घोर कम्युनिस्टविरोधी कर्मचारीहरूको बाहुल्यता रहेको एनसेलको लगानी पारदर्शिताको कुरा पनि उठ्दै आएको छ । ८७ जना कर्मचारीहरूलाई निःसर्त पुनर्बहाली गरेर कम्पनीलाई सहज तरिकाले चलाउनुको सट्टा एनसेल व्यवस्थापनले मजदुरहरूसँगै पौंठेजोरी खेलेर कम्पनीलाई करोडौंको घाटा व्यहोराएको छ । त्यहाँ कार्यरत अन्य मजदुर संगठनहरूले पनि मजदुरलाई पुनर्बहाली गर्न र काम सहज बनाउन माग गरेका छन् ।
-साभार अन्लाईन ग्रेत्वे

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !