काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ति हुने भएपछि अनुचित तवरले धन आर्जन गर्नेहरूमा एकप्रकारको आतङ्क नै मच्चियो। यस निर्णयबाट सबभन्दा आतङ्कित वाइवाइ चाउचाउका मालिक विनोद चौधरी बन्न पुगे र
चौधरीले केहि अखबारलाई भरमार प्रयोग गरे। हालसम्मका गतिविधि हेर्दा कार्कीको विरुद्ध विनोद चौधरी सर्वाधिक तर भित्री रूपमा सक्रिय रहेको पाइएको छ।
अर्बौं रुपैयाँ भ्याट छलीमा दोषी रहेका विनोद चौधरीले राजा वीरेन्द्र र बडामहारानी ऐश्वर्यको सम्पत्ति हत्याएकोबारे समेत छानबिन हुन सक्ने भएकोले चौधरी ज्यादा तर्सिएर कार्कीविरुद्ध सक्रिय भएको बुझिन्छ। चौधरी निकटको मानिने नेकपा एमालेका नेताहरू माधवकुमार नेपाल, प्रदीप ज्ञवाली र शंकर पोखरेललगायत कार्कीविरुद्ध सक्रिय भएको देखिन्छ भने अख्तियारका पूर्वसचिव भगवती काफ्ले पनि ज्यान फालेर कार्कीलाई रोक्न सक्रिय भए।
के कारणले हो कुन्नि, एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि कार्कीविरुद्ध सक्रिय भएको पाइयो। यसबाहेक नेपाली काङ्गे्रसका नेताहरू सुजाता कोइराला र गगन थापा पनि कार्कीविरुद्ध सक्रिय रहेको देखियो। नेकपा–माओवादीले त कार्की प्रकरणलाई सङ्घर्षको थालनी गर्ने एउटा हतियारकै रूपमा उपयोग गर्न खोजेको छ। यसरी हेर्दा लोकमानका विरुद्ध सर्वश्री विनोद चौधरी त्यसपछि केहि पत्रिका, माधव नेपाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुजाता कोइराला, गगन थापा, भगवती काफ्ले, नारायणकाजी श्रेष्ठ र कार्कीविरुद्ध सर्वोच्च अदालतमा बहस गर्ने वकिलहरू अग्रपङ्क्तिमा देखिएका छन्।
कतिपयले बदलाको भावनाले कार्कीको विरोध गरेको र केहीले सस्तो लोकप्रियताका निम्ति विरोधको आवाज बोलेको भए पनि विनोद चौधरीलगायतले चाहिँ आफ्ना अपराधविरुद्ध छानबिन र कारबाही हुनसक्ने त्रासका कारण विरोध गरेको पाइएको छ।
- विक्ली नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !