CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » लुकाउँदाभन्दा देखाउँदा मक्ख!

लुकाउँदाभन्दा देखाउँदा मक्ख!

Dhuwaniकाठमाडौं। युवतीको सुन्दरता तीन चौथाइ शरीर देखिने छोटो कपडामा होइन, पूरै शरीर ढाकिने कपडामा बढी झल्कन्छ। कम्तीमा नेपालजस्तो पूर्वीय मान्यता भएको देशमा युवतीहरूले अंग देखाएकोभन्दा छोपेकै राम्रो
मानिन्छ। तर अब यो मान्यतामा परिवर्तन आउन थालेको छ। कतिसम्म भने युवतीहरू आफै छोटो कपडा लगाएर अंग देखाउँदा मक्ख पर्न थालेका छन्। नपत्याए नेपाली चलचित्र ‘ढुवानी’की नवनायिका सगुन केसीको कहानी सुन्नुस्।
चेलीबेटी बेचबिखनलाई मुख्य विषयवस्तु बनाइएको यस चलचित्रमा सगुनले गाउँकी सीधासाधा केटीको भूमिका निर्वाह गरेकी छिन्। त्यसैले पात्रलाई जीवन्त बनाउन निर्देशक पीताम्बर पाण्डेले उनलाई अधिकांश दृश्यमा कुर्तासरवाल लगाउन लगाएका थिए। सुर्खेतकी स्थायी बासिन्दा भएकोले पनि सगुनलाई कुर्तासुरुवाल निकै स्विट गरेको थियो। तर क्लाइमेक्समा गुण्डाहरूले उनले लगाएको कुर्ता च्यातेर फाल्ने र जबर्जस्ती छोटो स्कर्ट लगाइदिने एउटा दृश्य खिच्नुपर्ने भयो। निर्देशक पाण्डेलाई भने फिल्मभरि पूरै शरीर ढाक्ने कपडा लगाएकी हिरोइनलाई अन्तिममा छोटो कपडा लगाइदिँदा उनले केही असहज मान्लिन् र पर्फेक्ट सट लिन नसकिएला भन्ने चिन्ता थियो तर पाण्डेको चिन्ता त्यतिबेला दूर भयो, जति बेला स्कर्ट लगाउनासाथ सगुनको चमकधमक नै छुट्टै भयो। ‘ढुवानी’ युनिटका एक सदस्यका अनुसार उनी ‘वल्ल आफूले भने जस्तो ड्रेस लगाउन पाइयो’ भन्दै मक्ख परेकी थिइन्। उता, निर्देशक पाण्डे भने आफूले सोझी ठानेकी नायिकाको स्कर्ट मोह देखेर छक्क परिरहेका थिए।- विक्ली नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis