CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पत्रकार कि अलपत्रकार !!! पत्रकारको ‘बासमा’ ब्यापक फेरबदल

पत्रकार कि अलपत्रकार !!! पत्रकारको ‘बासमा’ ब्यापक फेरबदल

काठमाडौं। नागरिक दैनिकबाट फालिएका पत्रकारमध्येका तीन जनाले अन्नपूर्णपोष्ट दैनिकमा जागिर पाएका छन। नागरिकबाट आउट भएका गोविन्द परियार, माधव ढुंगेल र विष्णु अधिकारीले निकै जोरजुलुम गरेपछि सम्पादक गुणराज लुईंटेलले उनीहरुलाई जागिर दिएको चर्चा अन्नपूर्ण पोष्टमा छ। यता, अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकारहरुले भने आफ्नो सेवा
सुविधाको ग्यारेन्टी नभइसकेको अवस्थामा अन्य पत्रकारलाई भित्र्याउन नहुने भन्दै लविङ थालेको स्रोतले बताएको छ।
यस्तै, कान्तिपुर दैनिकमा कार्यरत केही पत्रकारहरुले समेत अन्नपूर्ण पोष्टमा भित्रिन नेतृत्वसँग परामर्श गरिरहेका छन्। अख्तियारमा लोकमानसिंह कार्कीको नियुक्ति प्रकरणमा दुई भागमा विभाजन भएका कान्तिपुर दैनिकका पत्रकारहरु अध्यक्ष कैलाश सिरोहियाको दबाबमा मात्र कार्कीको विरोधमा लेख्न बाध्य भएको भन्दै हिंडेका छन्।
समाचार सम्पादक हरिबहादुर थापा जनआन्दोलनका दमनकारी ठहर भएका कार्कीलाई कुनै हालतमा समर्थन नगर्ने बरु अख्तियारका पूर्वसचिव भगवतीकुमार काफ्लेलाई अख्तियार प्रमुख बनाउने लविङमा लागेको चर्चा गरिन्छ भने सम्पादक सुधीर शर्मा कार्कीप्रति लचिलो हँुदाहुँदै पनि अध्यक्ष सिरोहियाको दबाबमा परेर विरोध गर्न बाध्य भएको चर्चा एक पक्षले चलाएका छन्।
कान्तिपुर दैनिकले लोकमानको भण्डाफोर अभियान थालेपछि एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले समेत सम्पादक शर्मालाई फोन गरी लचिलो हुन आग्रह गरेको प्रचण्डको निजी सचिवालय स्रोतले बताएको छ। यता, कान्तिपुर र अन्नपूर्ण पोष्टको द्वन्द्वले नागरिक दैनिक भने ओझेलमा परेको छ।
नागरिक दैनिकको विज्ञापन र सर्कुलेसनमा गडवडी हुन थालेपछि नागरिक नेतृत्वले एगे्रसिभ मार्केटिङ पोलेसी ल्याउने भएको स्रोतले बताएको छ। आफ्नो कम्पनीबाट लखेटिएका पत्रकारलाई धमाधम अन्नपूर्णले लिन थालेपछि नागरिक दैनिकका सम्पादक किशोर नेपाल अन्यलाई जान नदिन अन्नपूर्ण दैनिकका ब्यवस्थापक र सम्पादक लुईटेलसँग छलफल गर्ने तयारी गरेका छन्। नागरिक दैनिकबाट निकालिएका पत्रकारहरुले दुःख पाएको हेर्न चाहन्छन् रे नागरिकका सम्पादक नेपाल। यता, एमाओवादीमा प्रवेश गरे लगत्तै नयाँ पत्रिकामा ठूलै लगानी गरेका दुमन थापाले आफ्नो लगानी फिर्ता लिने भएका छन्। नयाँपत्रिकाका सम्पादकसँग कुरा नमिलेपछि पुनः एमालेमा फर्केका थापाले आफ्नो लगानी झिकी सौर्य दैनिकमा लगानी गर्ने तयारी गरेको स्रोतले वताएको छ।
कान्तिपुरबाट बीबीसीमा
कान्तिपुर मिडिया ग्रुपवाट दुई जना पत्रकार बीबीसी नेपाली सेवामा जागिरे भएका छन। कान्तिपुर दैनिकको भारतको दिल्ली व्यूरोमा कार्यरत महेश आचार्य र काठमाडांै पोष्टमा कार्यरत फणिन्द्र दाहालले बीबीसी रेडियोमा अस्थायी जागिर पाएका हुन्। दिल्लीमा बसे पनि सम्पादक सुधीर शर्माको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका आचार्य पछिल्लो समय आफ्नो भारत बसाईप्रति समेत असन्तुष्ट थिए। विना प्रतिष्पर्धा सुटुक्क आचार्य र दाहालले बीबीसीमा जागिर पाएको भन्दै कान्तिपुर दैनिकको चमेनागृहमा उनीहरुका प्रतिस्पर्धीले गफको विषय बनाएका छन्। कान्तिपुर नेतृत्व समेत आफूसँग असन्तुष्ट रहेको थाहा पाएपछि आगामी दिनमा अप्ठ्यारो हुन सक्ने भन्दै महेश आचार्य आफैले कान्तिपुर छोड्ने निधो गरेको उनी निकटका साथीहरुले चर्चा गरेका छन्। आचार्यले कान्तिपुर छाडेपछि दिल्ली पठाउने व्यक्तिको खोजी भइरहेको बेला देवेन्द्र भट्टराईलाई पठाउने निर्णय हुन लागेको स्रोतले जनाएको छ।
बीबीसीका पत्रकार विमल गौतम मन्त्रिपरिषद्को अध्यक्ष खिलराज रेग्मीको प्रेस सल्लाहकारमा नियुक्त भएपछि राजीनामा दिएका थिए। त्यस्तै बीबीसीकै अर्का पत्रकार जोहननारायण पराजुली पनि अन्तर्राष्ट्रिय एजेन्सीमा जागिर पाएपछि छाडेर हिंडेका थिए। पछिल्लो समयमा आर्थिक कारणले बीबीसी नेपाली सेवा नै बन्द गर्ने तयारी लण्डनबाट भएपछि गम्भीर समीक्षा भइरहेको बताइएको छ। बीबीसी नेपाली सेवाको आवश्यकता छ कि छैन भन्ने बारेमै गम्भीर छलफल भएपछि बीबीसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रको टोलीले अहिलेकै खर्चमा विहानको समयमा पनि छोटो कार्यक्रम चलाउने भनेर केही समयलाई थामथुम पारेको स्रोतले जनाएको छ। - साँघु 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis