CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » यसरी हुँदोरहेछ सडक दुर्घटना (भिडियोसहित)

यसरी हुँदोरहेछ सडक दुर्घटना (भिडियोसहित)

287
१३ जेठ, काठमाडौं । सडक प्रयोग गर्ने गाडीचालक र बटुवाको सामान्य लापर्वाहीले कति ठूलो दुर्घटना निम्त्याउछ भन्ने कुरा ट्राफिक प्रहरीले हालै सार्वजनिक गरेको जनचेतनामुलक भीसीडी हेरे पुग्छ । लेन अनुशासन पालना नगर्दा, हतार गरेर गाडी
चलाउदा र बाटो काट्दा तथा ट्राफिक नियम पालना नगरेकै कारण ठूला दुर्घटना हुने गरेका छन् ।
काठमाडौं उपत्यकामा अघिल्लो साउनदेखि बैशाखमसान्तसम्म भएका दुर्घटनामा १२८ जनाको मृत्यु भएको छ । जसमा ६२ जना पैदलयात्री, ७ जना साइकल यात्री, १ जना टाटासुमो चालक र ५८ जना मोटरसाइकल चालक रहेका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ‘यो तथ्याकले मोटरसाइकल चालक र पैदलयात्री बढी जोखिम रहेको देखिन्छ’ महाशाखा प्रमुख डीआईजी उपेन्द्रकान्त अर्यालले भन्नुभयो ।
राजधानीमा हुने कुनै न कुनै दुर्घटनामा मोटरसाइकल मिसिने गरेको उहाले बताउनुभयो । ‘जुनसुकै तरकारीमा आलुजस्तै दुर्घटनामा मोटरसाइकल पर्ने गरेको छ’ अर्यालले भन्नुभयो-’यो गम्भीर कुरा हो, मोटरसाइकल चालक सचेत हुनुपर्ने भएको छ ।’ मोटरसाइकल चालकलगायत सम्पूर्ण सडक प्रयोगकर्तालाई सजक र सचेत गराउन ट्राफिक प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यसै क्रममा यो भिडियो पनि निर्माण गरिएको हो ।
यस भिडियोमा काठमाडौं उपत्यका र विदेशका केही ठाउमा भएका दुर्घटना देखाइएको छ । सबै दुर्घटनामा चालक र पैदलयात्रुको गल्ती देखिन्छ । ‘सामान्य लापर्वाहीले नै ठूलो दुर्घटना हुने गरेको देखिन्छ’ अर्यालले भन्नुभयो-’त्यसैले सबैले ट्राफिक नियमको पालना गर्नु जरुरी छ ।’
भिडियो हेर्नुस्
- साभार : अन्लाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis