मोहन वैद्य नेतृत्वको नेकपा माओवादीप्रति बढी लगाव देखाएको चीनलाई आफ्नो दलको पक्षमा पार्न पनि ठूला–ठूला कुरा गर्न
तम्सिएका दाहाललाई चीनले दाहालको अनुकूलको कुरा नगरेको स्रोतले बताएको छ। दाहालले आफ्नो संघीयताका विषयमा चीनले समर्थन गर्ने अपेक्षा गरेका थिए। उनले धेरै प्रयास गर्दा पनि चीनले ‘तपाईको देशका लागि जातीय रुपमा संघीयतामा जानु ठीक हो र?’ भनी कुटनीतिक रुपमा ठीक होइन भन्ने सन्देश दिएको छ। यसैगरी दाहलले चीनलाई खुसी पार्न नेपाल, भारत र चीनको त्रिदेशीय नीतिको कुरा अघि सार्दा चीनले सकारात्मक रुपमा लिए पनि भारतले त्यसप्रति नकारात्मक दृष्टिकोण राखेको थियो। सोही कारण दाहालले भारत भ्रमणका दौरान आफ्नो धारणा परिवर्तन गरी त्रिदेशीय कुरालाई भारतमा उठान गरेनन्। यसरी त्रिदेशीय कुरा दाहालले भारतमा उठान नगरेपछि चीन दाहालप्रति झनै सशंकित बन्न पुगेको छ। चीन भ्रमणका दौरानमा उनले जलस्रोत, जलविद्युत्का मीठा कुरा गरे पनि भारतले त्यसप्रति सकारात्मक सोच नराख्ने तथा भारतको इच्छा विपरित दाहाल चल्न नसक्ने ठम्याई पनि चीनको रहेको देखिन्छ। यसरी चीन भ्रमणलाई दाहालले जतिसुकै फलदायी भने पनि चीनले त्यसरी लिएको देखिंदैन।
उता, भारत भ्रमण पनि दाहालका लागि उपलब्धीपूर्ण हुन सकेन। कुनै हालतमा पनि असारमै चुनाव गराउनु पर्छ नत्र मंसिरमा चुनाव हुन सक्दैन भन्ने धारणा राख्दै आएका दाहालले भारतले मंसिरमा नै चुनाव गराउन ठीक भन्ने धारणा राख्नासाथ उनी गलेका थिए। यसैगरी चीन भ्रमणलाई भारतले नरुचाएको बुझेका दाहालले भारतसँग ठूला–ठूला कुरा गर्न सकेनन्। काँग्रेस (आई) को अध्यक्ष सोनिया गान्धीसँग भेटवार्ता गरी आफ्नो दल र भारतको बीचमा सुमधुर सम्बन्ध कायम गर्ने दाहालको सोंचमा समेत ढुंगा लाग्न पुगेको छ। दाहाललाई गान्धीले भेतवार्ता दिइनन्। यसैगरी आफ्नो दलमा रहेका भारत विरोधीहरुले अर्कै दल गठन गरी अलग्गिएको कुरा दाहालले गर्दा समेत भारत दाहालप्रति खुल्न सकेन। दाहालले आर्थिक, सामाजिक, राजनीतिक कुरा गरे पनि भारतीय नेताहरुले भेटलाई औपचारिकतामा सीमित गरिदिएका थिए।
स्रोत: http://nayabimarsha.weeklynepal.com/2013/05/05/article-item101367732415/
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !