संविधान सभा भंग भएर सभासदको जागिर खुस्केपछि पार्टी नीतिविपरीत बेरोजगार युवा संघ, नेपाल गठन गरी एनजिओकरण गरेको भन्दै वाइसिएल संयोजकबाट गलहत्याइएका चन्द्रबहादुर थापा ‘सागर’ले आजदेखि देशका प्रमुख हाइवेहरुमा अनिश्चितकालीन चक्काजाम गरेका छन्। देशैभरका लामो दुरीमा चल्ने सवारी साधन यसबाट प्रभावित
भएका छन्। काठमाडौँमा नागढुंगा नाकाबाट कुनै पनि गाडी बाहिरिन र भित्रिन सकेन। हाइवेमा यात्रा गर्ने हजारौँ यात्रु अलपत्र परे। लोकमान विशेषाङ्क निकालिरहेका मिडियालाई ती हजारौँको पीरमर्काको कुनै चासो भए जस्तो लागेन। बेरोजगारको नाममा बन्द गराउनेहरुको केही फोटो हामीले पाएका छौँ। हाइवे बन्द गराउँदै हिँडेका यी बेरोजगारहरुको बाइक भने दामी दामी रैछ। हेरौँ केही फोटो-
साभार : माई संसार
सांच्चै हो रहेछ है? बेरोजगार पो भन्थे त, बाइक कसरी किनेछन्? बरु त्यो पैसाले ब्यवसाय गरेको भए रोजगार त हुन्थे होला नि ?
ReplyDelete