अभिनेत्री न परनि्, रेखा थापा अभिनय देखाउँछिन्। 'स्टार' परनि्, ग्ल्यामर देखाउँछिन्। गिनेचुनेकी हिरोइन न हुन्, अलि अलि नखरा देखाउँछिन्। 'लभ गुरु' हुन्, आफैँ दोबाटोमा भए पनि अरूलाई बाटो देखाउँछिन्। रेखाको देखाउने
क्रम राजनीतिसम्म आइपुगेको छ। हालै मात्र एमाओवादी प्रवेश गरेकी उनले परिआएमा हतियार उठाउने भन्दै ताकत पनि देखाइदिइन्। अहिले मोरङबाट प्रत्यक्ष निर्वाचन लड्ने आँट देखाउँदै छिन्। अब उनले कि जितेर देखाउलिन् कि हारेर। आखिर 'देखा थापा' न हुन् !
- ईश्वरी ज्ञवाली , नेपाल साप्ताहिक

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !