CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » » ल यसरी आफ्नो रुपलाई सुन्दर वा ह्यान्डसम बनाउनुस !

ल यसरी आफ्नो रुपलाई सुन्दर वा ह्यान्डसम बनाउनुस !

सुन्दर बन्ने चाहना कसलाई पो हुँदैन र ? अनुहारको सुन्दरता मानिसको सुन्दरताको पहिलो सूचक हो । अनुहार चम्किलो तथा सुन्दर भयो भने मानिसको व्यक्तित्व नै सुदृढ देखिन्छ । अनुहारको सुन्दरताका लागि व्यक्तिगत स्वास्थ्यका साथै खानपानमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

हामीले नियमित रुपमा खाने गरेका केही त्यस्ता पदार्थहरु छन्
जसलाई खाँदा मात्र होइन पिँधेर अनुहारमा दल्नाले पनि हाम्रो अनुहार सुन्दर बन्छ । हामीले यहाँ ५ त्यस्ता पदार्थको विवरण प्रस्तुत गरेका छौँ जसको प्रयोग अनुहारको सुन्दरताका लागि निकै फलदायी हुन्छ ।
१.कागतीको रस - कागतीको नियमित सेवन मानिसको स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । कागतीमा प्रसस्त मात्रामा भिटामिन सी लगायतका तत्व पाइन्छ । यसको नियमित सेवन सरीरमा मोटोपना घटाउन समेत सहायकसिद्ध हुन्छ भने कागतीको रस अनुहारमा नियमित लगाएर अनुहार सफा गर्दा अनुहारका डण्डीफोर, धब्बा तथा अनुहारको चिल्लोपना समेत हटाउन सहयोग पुग्ने सौन्दर्य विज्ञहरु बताउँछन् ।
२.अण्डा - अण्डाको सेतो भाग अनुहारमा दल्नाले अनुहारको छाला सुख्खा हुनबाट बचाउँछ भने पहेँलो भागले छालालाई चम्किलो र मजबुत बनाउँछ ।
३.मह- अनुहारमा दिनहुँ मह दलेर धुने गरेमा छाला नरम तथा चम्किलो बन्ने, छालामा संक्रमण हुन नपाउनुका साथै छालालाई सुख्खा हुनबाट पनि जोगाउँछ । महमा कागतीको रस मिलाएर अनुहारमा लगाउँदा झनै फाइदाजनक हुन्छ ।
४.स्ट्रबेरी-स्ट्रबेरीमा पर्याप्त भिटामिन सी, एन्टिअक्सिडेन्ट तथा एक्सफोलियन्ट तत्व पाइन्छ । स्ट्रबेरीलाई पिँधेर लेदो बनाउनुहोस् अनि त्यो लेदो अनुहारमा दलेर केही बेर राखी धुनुहोस् । यसले अनुहारको छालालाई नरम र चम्किलो बनाउँछ । दही र महमा स्ट्रबेरीको लेदो मिलाएर अनुहारमा लगाउँदा झनै फाइदा हुन्छ ।
५.केरा - केराको बोक्रा छोडाउनुहोस् अनि पिँधेर अलिकति मह हाल्नुहोस् अनि अनुहारमा लगाएर दश मिनेटपछि धुनुहोस् । यसो गर्दा अनुहारको छाला नरम हुन्छ ।

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis