CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » किस्टका सिइओ बैंक ठगीमा तानिए

किस्टका सिइओ बैंक ठगीमा तानिए

किस्टका सिइओ बैंक ठगीमा तानिए
काठमाडौं - किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीकी पत्नी गौरी खनाल ज्ञवाली बैंकिङ कसुरमा पक्राउ परेकी छन्। नेपाल राष्ट्र बैंकको अनुसन्धानले सिद्धार्थ विकास बैंकबाट १३ करोड ऋण लिँदा अनुचित रुपमा बैंकलाई नोक्सान पुर्याबएको देखाएपछि बुधबार साँझ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ज्ञवालीलाई महाराजगन्जबाट पक्राउ गरेको हो। प्रहरीले उनलाई महानगरीय प्रहरी प्रभाग सिंहदरबारस्थित हिरासतमा राखेको छ।
अनुसन्धानस्रोतका अनुसार सिद्धार्थका सेयरहोल्डर कमलले आफ्नो नाममा बैंकबाट ऋण निकाल्दा समस्या हुने भएपछि व्यक्तिगत प्रभावमा कमसल जग्गा धितो देखाएर पत्नीको नाममा ऋण निकालेको अनुसन्धानमा देखिएको छ।
राष्ट्र बैंकको प्रतिवेदनमा कमलबारे उल्लेख नभएकाले उनलाई पक्राउ नगरिएको स्रोतको भनाइ छ। राष्ट्र बैंकस्रोतका अनुसार सिद्धार्थ विकास बैंकबाट गौरीले निकालेको १३ करोड रुपैयाँ ऋणको अनुसन्धान क्रममा जग्गाको वास्तविक मूल्य लुकाएर मूल्यांकनमा बढी मूल्य कायम गरी बद्नियत राखेको देखिएको छ। अनुसन्धानमा बैकिङ कसुर तथा सजाय ऐन– २०६४ अनुसार बद्नियतपूर्ण काम गरेको बैंकको निष्कर्षका आधारमा प्रहरीले अनुसन्धान गर्न गौरीलाई पक्राउ गरेको हो।
अनुसन्धान क्रममा ऋण लिनुको उद्देश्य बैंकलाई हानि–नोक्सानी पुर्याूउने र बद्नियतपूर्ण देखिएपछि राष्ट्र बैंकले थप अनुसन्धान र कारबाहीका लागि फाइल ब्युरो कार्यालय पठाएको थियो।
अनुसन्धान स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा सिद्धार्थ विकास बैंकको आर्थिक गतिविधिको अनुसन्धानमा बैंकका सञ्चालक र कर्मचारी मिलेमतोमा धितो राखेर ऋण प्रवाह गर्दा बद्नियत राखेको अन्य घटनासमेत खुलेका छन्। स्रोतका अनुसार राष्ट्र बैंकले ऋणी, बैंकका सञ्चालक र कर्मचारीलाई समेत कारबाही सूचीमा राखेको छ। अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले स्रोतले उनीहरुको नाम उल्लेख गर्न चाहेन।
बैंकहरुको आर्थिक गतिविधि शंकास्पद देखिएपछि राष्ट्र बैंकले प्रारम्भमा बैंकको वित्तीय अवस्था, ऋण प्रवाह, लगानीलगायतको वित्तीय कारोबार अनुसन्धान गरी बद्नियत देखिए ब्युरोसँग समन्वय गरेर बैंकिङ कसुर ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउँदै आएको छ।
कारोबार मन्दीसँगै बैंकहरुले घरजग्गा कारोबारमा गरेको लगानी जोखिम बढेपछि राष्ट्र बैंकले कर्जा नीतिमा कडाइ गर्दै बद्नियत राख्ने वित्तीय संस्थाविरुद्ध अनुसन्धान सुरु गरेको थियो। बैंकले बद्नियत देखिएको बैंकविरुद्ध थप अनुसन्धान ब्युरोमार्फत गराउँदै आएको छ।
किस्ट बैंकको कारोबार शंकास्पद देखिएपछि राष्ट्र बैंकले अनुसन्धान अगाडि बढाएको थियो। राष्ट्र बैंकको आग्रहमा ब्युरोले गोर्खा विकास बैंक, युनाइटेड विकास बैंक, सम्झना फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, नेपाल सेयर मार्केट्स, नेपाल विकास बैंक, सम्झना फाइनान्स र नेपाल प्रोग्रेसिभ फाइनान्सविरुद्ध अनुसन्धान गरी मुद्दा दायर नै गरिसकेको छ।
ब्युरोले बैकिङ कसुरका लागि डिएसपीको नेतृत्वमा 'पिल्लर दुई' गठन गरी विभिन्न वित्तीय संस्थाका सञ्चालक, कर्मचारी र ऋणी गरी ३९ जनालाई पक्राउ गरिसकेको छ। पुनरावेदन अदालत पाटनको तथ्यांकअनुसार हालसम्म दायर मुद्दामा ९ अर्बभन्दा बढी रकम हिनामिना भएको दाबी गरिएको छ।
साभार : नागरिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis