निर्देशक सोहलले यहि वर्षको अन्त्य वा जनवरी पहिलो सातामै रिलिज गर्ने तयारी गरेपनि एक्कासी रिलिज डेट पर सरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। इण्डियामा सुटिङ सकेर हालै फिल्म युनिट दुवई पुगेको छ। ‘मेन्टल’मा सलमानले तबु र सना खानसँग रोमान्स गर्दैछन। सनाको यो डेब्यु मूभि हो।
‘मेन्टल’ लगत्तै सलमान अभिनीत किक, नो इन्ट्री सिक्वेल र नाम तय सरोज बर्जतोय निर्देशित चलचित्र लगातार प्रदर्शन हुनेछन्। यसरी हेर्दा वर्ष २०१४ बलिउड सलमान खानमय हुने देखिएको छ। तर के यी सबै चलचित्रले सय करोडको व्यापार क्रस गर्लान त? यो भने निकै प्रतिक्षाको विषय बनेको छ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !