श्रीमान् मनोज सेवा। मनोजले अञ्जुलाई अञ्जु पन्त हुनुभन्दा पहिलेदेखि साथ दिएका थिए। तर, पछि अञ्जुले वाहवाही पाउन थालेपछि अञ्जु मात्तिन थालिन् र दुःखमा साथ दिने मनोजलाई पनि त्यागिन्। त्यतिबेला उनलाई सुखमा साथ दिने स्वार्थीहरूको साथ मिल्न थाल्यो र अन्ततः त्यही कुरा नै अञ्जुलाई घातक हुन पुग्यो।
सुखमा मात्तिन थालेपछि अञ्जुले दुःखमा दिनहरू बिर्सिदिइन्। आफूलाई गीत गाउन दिएर उच्च स्थानमा पुर्याउने सङ्गीतकार तथा चलचित्र निर्माताहरूलाई बाल–बाल गनिनन्। अहिले यही कुरा अञ्जुको गलामा पासो बनेर बसेको छ। एउटा गीत गाएबापत अञ्जुले पन्ध्र हजार पाएकी पनि हुन्। यति रकम दिएका पनि थिए। दिनमा एक लाखसम्म कमाउने अवस्थामा पुगेकी अञ्जुको अहिले भने नाम ओरालोतिर र कमाइ भने अधोगतितिर गएको छ। सङ्गीतकारहरूसँग सम्बन्ध बिग्रन थालेपछि सिनेमाको गीतमा त अब अञ्जु शून्यप्रायः भइसकेकी छिन्। स्वरको जादु अनि स्वरकी धनी अञ्जुलाई यसरी बिगार्नुमा उनको नभएर सेक्रेटरीका रूपमा काम गर्ने अञ्जुकै दिदीको हात रहेको कुरा भुक्तभोगीहरू बताउँछन्।
मुलुकबाहिर जाने कार्यक्रममा पनि सेक्रेटरीलाई लैजानुपर्ने र अञ्जुको पारिश्रमिकको तय पनि सेक्रेटरीले नै गर्नेजस्ता अव्यावहारिक क्रियाकलाप पच्न नसकेपछि यतिबेला सङ्गीतकारहरू अञ्जुलाई बाइ–बाइ गरेर महिला आवाजमा रजिना रिमाल र मिलन अमात्यको हाइ–हाइ गर्न थालेका छन्।
बूढापाकाहरूले त्यसै भनेका रहेनछन्, ‘बिगार्ने र बिग्रने समयमा आफ्नैको हात हुन्छ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !