CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » लुटेराको फन्दामा सर्वसाधारण जनता

लुटेराको फन्दामा सर्वसाधारण जनता

नेपाली नागरिकले स्वतन्त्रतापूर्वक हिंडडुल गर्ने आफ्नो व्यापार व्यवसाय चलाउने लगायत जीउ ज्यानको सुरक्षा मामिलामा अहिले अनेकौ तवरका बाधा अड्चन लुटपाटको शिकार हुनु परिरहेको छ। राजनैतिक दलहरु सत्ताबाट वहिर्गमन भएको र पूर्व कर्मचारीको जिम्मामा सत्तासञ्चालन भएको संक्रमणकालीन एवं जतासुकै लथालिङ्ग र भताभुङ्ग भएको
तरल राजनैतिक अवस्थको भरपूर फाइदा उठाउदै यतिखेर काठमाण्डौ उपत्यकामा विविध किसिमका अवान्छित क्रियाकलापहरु मौलाउँदै गएका छन्। समाजमा हुने यस्ता क्रियाकलाप रोक्ने निकाय निरीह बनिरहेको आभाष भैरहेको छ। आधारभूत आवश्यकता परिपूर्ति गर्ने दायित्व बोकेर बस्नुपर्ने सरकार आफै रणभुल्ल्ामा परिरहेको अवस्थामा यस्ता गतिविधिले प्रश्रय पाउनु र अवान्छित क्रियाकलाप मौलाउनु स्वभाविकै हो। सरकारको दायित्वभित्र पर्ने विषय भएतापनि त्यो मामलामा सरकार विल्कुल चुकिरहेको छ। सरकारको मुख नताकेर आफ्नै बलबुतामा आधारभूत आवश्यकता परिपूर्ति गर्दै जीवनयापन गरिरहेका सर्वसाधारण जनताहरु अहिले यो वा त्यो कोणबाट लुटिन र ठगिन वाध्य भएका अनगिन्ती उदाहरणको फेहरिस्ता महानगरीय प्रहरी वृत्तदेखि प्रभाग र चौकीहरुमा देख्न सकिन्छ। उता शान्ति सुरक्षा कायमै रहेको दावी गरेर कहिल्यै नथाक्ने प्रहरी प्रशासन यतिखेर यस्ता घटनालाई रोक्नुको साटो कामयावी प्रयास गर्न पनि आलटाल गरेका कारण शान्ति सुरक्षाको अवस्थामा खलल पुगेको आरोप लगाइयो भने त्यो आरोपको खण्डन गर्न प्रशासनलाई हम्मेहम्मे पर्ने देखिन्छ। यदि त्यस्तो हैनभने उपत्यकाको शान्ति सुरक्षामा यस किसिमको गिरावट आउने थिएन भनेर दावी गरियो भने त्यो दावी सही ठहर्ने छ।
यतिखेर उपत्यकाबासी कतिखेर लुटेराको फन्दामा परिने हो भनेर त्राहिमाम बनिरहेका छन्। केही समयअघि फ्रुटी लगायतका पेय पदार्थमा विष मिसाएर खुवाउने र लुट्ने परिपाटीलाई छोडेर अहिले लुटेराहरु नयाँ–नयाँ तौर–तरिका अवलम्बन गरेर निर्वाध ढंगले सोझासिधा जनताहरुलाई दिन दहाडै लुट्ने धन्दामा सक्रिय हुँदापनि शान्ति सुरक्षाको जिम्मा लिएर बसेका सुरक्षा संयन्त्र अर्थात प्रहरीले एक– आध लुटेरलाई पक्रेर उनीहरुको फोटो सुचना पाटीमा टाँसगरेकै भरमा तलव पचाइरहेको आरोप लाग्न शुरु भएको छ। विभिन्न भीडभाड हुने स्थानमा क्षणभरमै नगद तथा गरगहना लुट्ने र प्रहरी पुग्दा लुटेरहरु सुरक्षितस्थलमा पुगिसक्ने अवस्था विद्यमान रहेको छ। यि सबै हर्कतलाई नियाल्दा अनेकौ हतकण्ठा अपनाएर यस्ता लुटेराहरुले सर्वसाधारणको जीउ–धनमा मस्ती मार्दासमेत उनीहरुलाई नियन्त्रणमा लिने र त्यही अनुसारको कारवाही चलाउने सवालमा उदासिन बन्दै गएको हो कि भन्न्ो संशय पैदा भएको छ यतिखेर। घटनाको प्रकृति हेर्दा सोझासिधा महिलाहरुलाई सेकेण्डभरमा लुट्ने र बिचल्लीमा पार्ने दर्दनाक घटनाहरु अहिले महानगरीय प्रहरी वृत देखि प्रभाग र चौकीहरुमा चाँङ लागेको अवस्था छ। तर लुटेराहरु ‘चोरको चौविस दाउ’ भन्ने उखानलाई चरितार्थ गर्दै प्रहरीभन्दा एक कदम अघि लागेर लुटपाट मच्चाइरहेका छन्। यस्ता घटना घट्दा पनि लुटेरा नियन्त्रण गर्ने सबालमा गृह प्रसाशनको कारवाही त्यत्ति प्रभावकारी नदेखिनु बिडम्बनाको विषय हो। त्यसमाथि बल्लतल्ल गिरफ्तार गरिएका त्यस्ता व्यक्तिहरुलाई आवश्यक कारवाही गर्ने सन्दर्भ ऐन कानुन नै फितलो हुनु अर्को लाजमर्दो अवस्था सिर्जना भएको छ प्रहरी प्रशासनका अगाडि। यस्तो अवस्थाबाट गुज्रन वाध्य उपत्यकाबासीले शान्ति र अमनचयनको अपेक्षा गर्नु आफैमा विरोधाभाषपूर्ण अवस्था भएको कुरामा स्वयम् शान्ति सुरक्षाको महत्वपूर्ण जिम्मेवारी लिएर बसेका पुर्व प्रहरी उच्च अधिकृतहरु सहमत छन्। यस्तो अवस्थालाई न्यूनिकरणका लागि प्रभावकारी कदम नचाल्ने हो भने उपत्यकाबासी एकदिन ज्यान–धनको सुरक्षाका निम्ति सडकमै उत्रिए भने कुनै आश्चर्य नमाने हुन्छ।
http://roadmap.weeklynepal.com/2013/05/31/article-item01369981986/
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis