CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » » कफी खाएपछि पैसा होइन चुम्बन दिनुहोस्

कफी खाएपछि पैसा होइन चुम्बन दिनुहोस्

pay-with-a-kiss-550x309(एजेन्सी)–मेट्रो सेन्ट जेम्स, सिड्नीको एक फ्रेन्च थिम्ड क्याफे विगत एक महिना अगाडि मात्र सञ्चालनमा आएको हो तर यो कम समयमा भएपनि निकै लोकप्रिय बनेको छ । यसको लोकप्रियताको मुख्य जड भनेको सरल प्रचारको
माध्यम–कफी खाइसकेपछि पैसाको सट्टा चुम्बन दिने– लाई मान्नै पर्ने हुन्छ ।
ठट्टा गरिएको होइन । जुन महिनाका लागि जो मानिसले बिहान ९ बजेदेखि ११ बजेसम्म कफी खान्छन् भने उनीहरुले उक्त कफी खाइसकेपछि पैसा नभई चुम्बनको माध्यमबाट चुक्ता गर्न सक्छन् । ‘हामीहरुले रोमान्सलाई फेरी ल्याएका छौँ । आफ्नो पार्टनरलाई हाम्रो क्याफेमा बिहान ९ बजेदेखि ११ बजेभित्रको समयमा ल्याउनुहोस् र कफी अर्डर गरिसकेपछि किसले आश्चर्य बनाउनुहोस् । हामी तपाईंहरुको पैसा स्विकार गर्दैनौँ, मात्र तपाईंको चुम्बन, ’ उक्त क्याफेको फेसबुक पेजमा लेखिएको छ । मेट्रो क्युट प्रोमोसनल भिडियोमा एकजना वेटरका अनुसार,‘हामी तपाईंहरुलाई हेरिरहेका हुन्छौँ । यो चुम्बन साँचो हुनुपर्दछ, मायाले भरिएको चुम्बन । यदि चुम्बन झुटो भएको खण्डमा म थाहा पाइहाल्छु । म एक प्रकारको विशेषज्ञ नै हो भन्दा पनि हुन्छ, त्यसकारण नो चिटिङ ।’
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis