CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » जिन्दगीमा १० किसिमका 'आमा' हुन्छन्। र अरु Facebook फन्डाहरु

जिन्दगीमा १० किसिमका 'आमा' हुन्छन्। र अरु Facebook फन्डाहरु

'आमा' !

 जिन्दगीमा १० किसिमका 'आमा' हुन्छन्। 

१. आफ्नी आमा/जन्म दिने आमा

२. सासू आमा

३. हजुरआमा -घरको)

४. हजुरआमा -मावलको)

५. सानी आमा -आमाकी बहिनी)

६. ठूली आमा -आमाकी दिदी)

७) बडीआमा -बुबाको भाउजु)

८. गुरुआमा

९. सौतेनी आमा

१०. ............

दसौं आमा को हुन थाहा छ ?

भन्दै नभनी कसरी थाहा हुन्छ भन्ने होला 

फेरी, यी दसौं आमा ती आमा हुन.....

जसलाई आफ्नो जन्म दिने आमाले भन्छिन्- 'कुनचाहिँ तेरी आमासँग रात-रात भर फोनमा कुरा गरेर बस्छस् हँ....?'

०००

विवाहित मित्रहरूका निम्ति एउटा व्यर्थशास्त्र टिप्स

विवाहित हुनुहुन्छ अनि श्रीमतीजीको किच किच झै-झगडा गनगनबाट पिडित हुनुहुन्छ भने

एक साँझ आफ्नो विवाहको भिडियोलाई उल्टोबाट अर्थात अन्त्यबाट सुरु तिर चलाएर हेर्नुस् !

श्रीमतीजी, तपाईंको गलाबाट बरमाला निकालेर माइतीघरतिर फर्किएको झझल्को आउन सक्छ। यदि यस्तो झझल्को आयो भने 'मन' लाई थोरै भए नि राहत र चैन मिल्नेछ। 

०००

मेरो विचारमा फेसबुक यस्तो संसार हो जहाँ

-ओछ्यानमा मुत्ने बच्चाहरू दादा बन्छन्। 

-लुगा भन्दा बढि रिलेसनसिप स्टाटस परिवर्तन हुन्छ। 

-सन्तानको विहे गर्ने भैसेकाहरु पनि कुमार/कन्या नै हुन्छन्। 

-काम नपाएर थन्किएकाहरू पनि म्यानेजर हुन्छन्। 

-मनलागेअनुसार कलेजमा अध्ययनरत वा पढिसकेको भन्न पाइन्छ। 

-बिना कुनै अप्रेसन पुरुष महिला बन्न अनि महिला पुरुष बन्न सकिन्छ। 

०००

शेरेको छोरा परीक्षा दिएर आएछ 

शेरे ः बाबु परीक्षा कस्तो भो त ? 

शेरेको छोरो ः सुरुको १ नम्बरको प्रश्न छुट्यो

शेरे ः ए, अनि बाँकी प्रश्न नि ?

शेरेको छोरो ः ३ नम्बरको प्रश्नको उत्तर मलाई आएन, ४ नम्बरको प्रश्नको उत्तर त गर्नै बिर्सिएछ, ५ नम्बरको  प्रश्न मैले देख्दै देखिन र ६ नम्बरको प्रश्न प्रश्नपत्रको पछाडिपट्टिरै छ, मलाई यादै भएन

शेरे -रिसाउँदै ठूलो स्वरमा) ः  अनि २ नम्बरको प्रश्न नि ? 

शेरेको छोरो ः ए, त्यो प्रश्नको उत्तर मात्र गल्ती भएछ ।

०००

राजेश हमाल बाग्लुङ गएका थिए। त्यहाँ उनलाई एकजना बालकले नमस्कार अंकल भनेर ढोगिदिएछ। राजेश दाइले खुसी भएर ओहो बाबु ठूलो भएस् भनेर आफ्नो फलामको हात उसको टाउकोमा राखिदिएछन्। त्यही बेलादेखि त्यो बालक कहिल्यै बढ्न सकेन र आज त्यो बालक खगेन्द्र थापामगरको नामले चिनिन्छ।

०००

शेरेलाई राति चुरोट खान मन लागेछ, चुरोट गोजीमै रहेछ, झिकेर मुखमा राखेछ, अनि सलाई खोजेछ, तर पाएनछ, लाइटर खोजेछ, त्यो पनि पाएनछ, कोठाको सबै ठाउँमा हेरेछ तर भेटेनछ...

अनि दिक्क मानेर मैनबत्ती निभाएर सुतेछ...।

०००

एउटी महिलाका आठ जना छोरा रहेछन्, सबैको नाम राम रहेछ, त्यो देखेर एउटा मानिसलाई अचम्म लागेछ, उसले सोधेछ, तपाईंलाई आफ्नो छोराहरूलाई बोलाउन गाह्रो हुँदैन, सबैको नाम एउटै हुँदा ?

महिला ः हुँदैन, म नामसँगै थर पनि जोडेर बोलाउँछु नि त ..।

०००

तपाईं जाँचमा पास हुँदा

आमा ः भगवानको आशीर्वाद

बाबु ः छोरो कसको 

साथीहरू ः जाउ“m रक्सी खान

यदि फेल हुनुभयो भने

आमा ः अबदेखि कम्प्युटरमा झुन्डिने हैन

बाबु ः बढी मायाले बिगि्रयो

साथीहरू ः जाउ“m रक्सी खान

जन्मदिनको दिन

आमा ः चिरन्जीवी भएस 

बाबु ः ठूलो मान्छे हुनु

साथीहरू ः जाउ“m रक्सी खान

बिछोडको बेला

आमा ः बिर्सी अब त्यसलाई

बाबु ः मर्द हुन सिक है केटा

साथीहरू ः जाउ“m रक्सी खान

०००

एक जना नामुद जड्याहाँ उठेर पत्रिका पढ्न बसेछ। पत्रिका पढ्दै जाँदा पत्रिकाको एउटा लेखमा उसको आँखा पर्‍यो, त्यसमा लेखिएको थियो, रक्सी खाँदा हुने नराम्रो असर, उसले त्यो लेख सबै पढेछ र एकछिन पछि श्रीमतीलाई ल अब भोलिदेखि बन्द !

यो सुनेर श्रीमती दंग परेर भनी ः साँच्चै हो र भोलिदेखि रक्सी बन्द नै हो त ?

जड्याँहाले भन्यो ः रक्सी होइन पत्रिका बन्द !

०००

एक दिन एउटी केटी सुगा किन्न गइछ

केटी ः यसको विशेषता के हो ?

पसले ः यो बोल्छ

त्यसपछि केटीले सुगालाई सोधी ः म कस्ती देखिन्छु ?

सुगा ः तँ त एकदमै क्यारेक्टरलेस देखिन्छेस्

केटी ः यो त कस्तो बदमास रहेछ, 

पसलेले सुगालाई भित्र लगेर पानीमा चोबलेर भन्यो ः भन अब पनि गाली गर्छस् ? 

सुगा ः कहिल्यै गर्दिन !    

त्यसपछि केटी ः यदि मेरो घरमा एक जना केटा मानिस आयो भने तिमी के सोच्नेछौं ?

सुगा ः तिम्रो श्रीमान् हो  ! 

केटी ः यदि दुई जना आए ?

सुगा ः तिम्रो श्रीमान् र देवर

केटी ः ३ जना

सुगा ः ल्या पानी ल्या मूला, मैले त पहिले नै भनेको  थिए नि यो केटी क्यारेक्टरलेस हो भनेर !
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis