CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » अध्यागमन कर्मचारी र इन्जिनियर रिसाएर छुट्टी, इन्जिनियर थुने देश विकासमा गम्भीर असर पर्ने चेतावनी

अध्यागमन कर्मचारी र इन्जिनियर रिसाएर छुट्टी, इन्जिनियर थुने देश विकासमा गम्भीर असर पर्ने चेतावनी

engineerअख्तियार जागेर विद्युत प्राधिकरण, अध्यागमन र वैदेशिक रोजगार विभागमा भ्रष्टाचारको छानबिन गर्न भकाभक मान्छे पक्रन थालेपछि अध्यागमन कर्मचारीहरु र इन्जिनियरहरु रिसाएर छुट्टी! अध्यागमनका कर्मचारीहरुले ‘अख्तियारको आदेश
छैन’ भन्दै विदेश जान लागेका १७० जनालाई रोकेको खबर आज अन्नपूर्णमा छापिएको छ। बिचरा अख्तियारको रिस सोझासाझा विदेश जान लागेकाहरुमाथि पोखिएछ। त्यसैगरी ट्रान्सफर्मर भ्रष्टाचार कान्डमा इन्जिनियरहरुलाई पक्रेको विरोधमा इन्जिनियरहरुले यस्तै भए देश विकासमा गम्भीर असर पर्छ है भनी चेतावनी दिएका छन् पत्रिकाहरुमा विज्ञापनै छापेर।
हेर्नुस् यो ‘नागरिक’मा छापिएको विज्ञापन-
engineer
विज्ञापनमा अमानवीय, अवैज्ञानिक तवरले सामाजिक प्रतिष्ठामा आँच आउने गरी थुनामा राखी कारबाही अगाडि बढाउने प्रक्रियामा असहमति रहेको भनिएको रहेछ। वैज्ञानिक तवरले कसरी थुनामा राख्ने भनिएको हो त्यो खुलेको छैन। अख्तियारले अहिले थुनामा राखेर अनुसन्धान गरिरहेको बताएको छ। खुला छाड्दा प्रमाण नष्ट गर्ने स्थिति भएमा यसरी निश्चित अवधि थुनामा राख्न सकिन्छ। त्योभन्दा बढी थुनामा राख्नु परे विशेष अदालतको अनुमति लिनै पर्छ। कानुनविपरीत थुनामा कसैले पनि राख्न पाउँदैन। त्यसरी कानुन विपरीत थुनामा राखेर अख्तियार आफैले अख्तियार उल्लङ्घन गरेको भए पत्रिकामा पैसा खर्च गरी गरी विज्ञापन छाप्नुभन्दा अदालतमा मुद्दा हाले हुन्थ्यो नि।
छानबिनपछि आरोप पत्र तयार गरेर मुद्दा दायर भएपछि अदालत आफैले थुनामा राखेर कारबाही गर्नु पर्ने हो कि हैन आदेश दिइहाल्छ। आरोप प्रमाणित भए बल्ल भ्रष्टाचारी ठहर हुने हो। अझ विशेषको फैसलालाई सर्वोच्चमा पनि चुनौति दिन सकिन्छ। त्यहाँबाट अन्तिम फैसला भएपछि बल्ल सामाजिक प्रतिष्ठामा आँच आउनु पर्ने हो।
अध्यागमन र इन्जिनियरहरुले यसरी रिस पोखे पनि वैदेशिक रोजगार विभागकाले पनि केही गरेको थाहा पाइएको छैन। हुन पनि त्यहाँ हाकिमदेखि पिउनसम्म हिरासतमा परेका छन्, काम पो कसरी भइरहेको छ कुन्नि।

एयरपोर्टमा लगेज कलेक्सन काउन्टर बन्ने

यसैबीच अख्तियारले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेज कलेक्सन काउन्टर स्थापना गर्न निर्देशन दिएको छ। विदेशबाट नेपाल फर्कनेहरुले आफूसँग ल्याउने बाहेक कार्गोबाट ल्याउने सामानहरु सजिलै बुझिलिने व्यवस्थाको लागि सबैले स्पष्ट देख्ने गरी यस्तो काउन्टर बनाउन निर्देशन दिइएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय, प्रहरी कार्यालय तथा सम्बन्धित एयरलाइन्स कम्पनीहरुले त्यस्तो काउन्टर एक हप्ताभित्र बनाउने वाचा गरेछन्।
त्यसैगरी विमानस्थलमा अफलोड गरेका सामानहरु हराउने, ढिला आउने, आए पछि पनि कसैबाट दावी नभई थुप्रिने अवस्था रहेको आम जन गुनासोको सन्दर्भमा सम्बन्धित निकाय तथा एयरलाइन्स कम्पनीहरुलाई विदेशबाट नेपाल फर्कने क्रममा व्यक्ति र अफलोड गरिने सामान सँगै आउने व्यवस्था गर्न निर्देशन दिइएको छ।
भविष्यमा पनि यस्ता समस्या दोहोरिएमा वा तोकिएको समयमा उक्त कार्य सम्पादन नभएमा सो को जानकारी आयोगलाई उपलब्ध गराउन पनि अख्तियारले आग्रह गरेको छ। जानकारी टोल फ्री नम्बर 1660-01-22233 वा फेसबुक पेजबाटै दिए पनि हुन्छ रे।
साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis