राजेश हमालका किस्सा र चुट्किला लोकप्रिय छन्, खास गरी सोसल मिडियामा। स्वयं उनी पनि आफ्ना चुट्किला गर्वका साथ सुनाउँदै हिँड्छन्। चुट्किले राजेशको आइफोनले पनि भर्खरै एउटा चुट्किला गरेछ। वाग्मती सफाइ अभियानमा साथ
दिइरहेका हमालले हालसालै र्याफ्टिङ् गरेछन्। वर्षाको भेल उर्लेको वाग्मतीमा र्याफ्टिङ् गररिहेका हमालले गोजीमा आइफोन रहेको बिर्सेछन्। भेल यसरी उर्लियो कि उनी डुंगाबाट झरेछन्, निथ्रुक्क भिजेछन्। अनि पो झसंग भएछन्। भन्दै थिए, "पवित्र वाग्मतीमा म मात्र डुबेँ भनेको त मेरो फोन पनि डुबेछ।" एउटा फिल्मबाटै दुई-चार लाख रुपियाँ झार्न सक्ने नायकलाई केही हजार पर्ने आइफोनले हत्ते पारेपछि उनीसँगै कार्यक्रममा उपस्थित अरू कलाकार भने मज्जाले हाँसिरहेका थिए।
साभार : नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !